१५ चैत्र २०८०, बिहीबार

२४ घण्टामा ९८ जनामा कोरोना संक्रमण

0

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१५४ परीक्षणमा ९८ जनामा संक्रमण भएको हो।

जसमध्‍ये १०६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १०९३ जनाको एन्टिजेन परीक्षण १५ गरी ९८ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। यो अवधिमा २७ जना निको भएका छन्।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।