१३ बैशाख २०८१, बिहीबार

म संसदबादी भएर मर्ने छैन : विप्लब

0

दाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ले आफु यो पार्टीमा संसदबादी भएर नमर्ने बताएका छन ।

उनले पछिल्लो चुनावी प्रयोगको बिषयलाई लिएर विप्लबको पार्टी संसदबादी भयो भन्ने धारणा बारे यस्तो प्रस्टीकरण दिएका हुन् ।

विप्लब संसदबादी भए भन्दै कन्चन – सुदर्शनले पार्टी फुटाउने कार्य अवसरबादी कदमको संज्ञा दिए । कन्चन – सुदर्शनको पार्टी फुटपछिको प्रस्तावलाई जैसीको पात्रो जस्तो भएको टिप्पणी गरे।

दाङको घोराहीमा सम्पन्न राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा कन्चन – सुदर्शनहरुले भालु तर्साउने हवाई फाएर मात्रै भएको बताउदै कतै भ्रमित नभएर क्रान्तिकारी युवाहरु बिचल्लित नहुन अपिल समेत गरे । उनले कन्च-सुदर्शनको पछी लागेर क्रान्ति हुन नसक्ने दावी गरे ।

उनले भने ‘क्रान्ति गर्ने पार्टी बनाउने हो, चन्दा उठाएर खाने पार्टी बनाउने होइन । संसदबादीहरुले उनको आँखाले हेर्दा हामीलाई संसदबादी देखे तर हामी संसदबादी होइनौ, हाम्रो दस्तावेजमा क्रान्तिको चित्र कोरिएको छ ।’ विप्लबले भने ‘आफ्नो कार्यदिशा देखेर आफै तर्सने कन्चनले कार्यकर्तालाई ढाँट्दै पुर्बाहग्रह पोखेर क्रान्ति हुँदैन ।’

पार्टीलाई फुटबाट जोगाउन आफु एक कदम पछि हटेको र अझै पछी हट्ने तयार हुँदै गर्दा मिडिया बाजी गर्नु नियति र पुर्बाहग्रह भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।