९ पुष २०८१, मंगलवार

जनअधिकार अभियान नेपालको अध्यक्षमा पुन: वरिष्ठ अधिवक्ता भण्डारी

0

 

काठमाडौँ: जनअधिकार अभियान नेपालको अध्यक्षमा बरिष्ठ अधिवक्ता एकराज भण्डारी निर्वाचित भएका छन् । शनिबार काठमाडौँमा सम्पन्न सम्मेलनबाट बरिष्ठ अधिवक्ता भण्डारी जनअधिकार अभियान नेपालको अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

बरिष्ठ अधिवक्ता भण्डारी अध्यक्षमा निर्वाचित भएसंगै अन्य पधाधिकारी, केन्द्रिय सदस्य तथा प्रतिनिधी समिति सदस्यहरु समेत चयन गरिएको छ । पदाधिकारीमा उपाध्यक्ष देवबहादुर पौडेल, महासचिव राम कुमार भण्डारी, सचिव नवराज ढुंगाना, कोषाध्यक्ष दामोदर घिमिरे, कार्यसमिति स्सदस्यहरुमा वाग्दे शेर्पा, ललिता खड्का र नेहा गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधी सदस्यहरुमा उमेशचन्द्र पौडेल, दिनेश नेपाली ,दुर्गा लुइटेला, मिलन दाहाल, दिपक पौडेल, यम बहादुर थापा, नवराज जोशी, बिमल थापा, सम्भु भट्टराई, बिन्दु प्रसाद पौडेल, पूर्ण बहादुर भण्डारी र राम प्रसाद खनाल प्रस्तावित भएका छन् । 

जनअधिकार अभियान नेपालको साधारण सभा तथा सम्मेलनमा ‘संविधान , समाजवाद र मानव अधिकार’ बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो सो कार्यक्रमा निर्वाचित अध्यक्ष भण्डारीले प्रस्तुत गरेको कार्यपत्रमा सम्मेलनका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी लगाएतका अतिथीहरुले बिषयमाथी आफ्नो प्रतिक्रिया राखेका थिए।

 नेपालको कानुन संबिधानमा जनधिकारका कुराहरु स्पस्ट लेखिएतापनि त्यसको व्याख्या गलत ढंगले गर्दै नागरिक अधिकार कुण्ठित गर्ने र त्यसको कार्यन्वनको पाटो फितलो भएको   कार्यपत्रमाथी आफ्नो धारणा राख्ने अधिकांस अतिथी वक्ताहरुको बताएका थिए ।  सम्मेलन तथा अन्तरक्रिया कार्यक्रमा कानुनविद, मानवाधिकारकर्मी कानुन व्यवसायी र संबिधान विदहरुको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।