४ आश्विन २०८१, शुक्रबार

एमसीसी राष्ट्रघातको उच्चता र निरन्तरता हो : चित्रप्रसाद सापकोटा 

0

कार्यपत्र मेहनत गरेर बनाउनु भएको रहेछ । एमसीसी राष्ट्रघातको निरन्तरता र उत्कर्ष हो । सरकारमा रहँदा राष्ट्रघात गर्ने बाहिर रहँदा राष्ट्रियताको कुरा गर्ने पार्टी र नेताहरु पनि छन् । एमसीसी शुरुमा (२००४) विकास संस्था थियो। डोनाल्ड ट्रमको कार्यकालमा सैन्य रणनीति बनाइयो । विगतमा अमेरिक भारतमार्फत आउँथ्यो । अहिले सिधै आएको छ। अमेरिकीले भारतीयलाई सिंगापुर, बोलाएर नेपालमा कम्युनिस्ट किन बढे ? भन्थे भनिन्छ । नेपालमा देशभित्र शोषण, उत्पीडन छ र विदेशी उत्पीडन छ । देश गम्भिर सङ्‌कटमा छ । नेकपाले देशभरिका देशभक्तहरुलाई मञ्च दिएर जनमत निर्माण गरेको छ । एमसीसीको नाममा अमेरिकी सैन्य उपस्थिति हुँदैछ । नेपाललाई कमजोर बनाएर स्वार्थ पूरा गर्ने भारत शक्ति केन्द्रको नीति देखिन्छ ।

(नेपाल समाजवादी पार्टीका नेता सापकोटाले असोज ११ गते बागलुङमा भएको विचार गोष्ठिमा व्यक्त विचारको सम्पादित अंश, शिर्षक हामीले दिएका हौं-सम्पादक) 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।