३ आश्विन २०८१, बिहीबार

एमसीसी सैन्य रणनीति नै हो : तिलक थापा 

0

राष्ट्रिय स्वाधीनताको विषयमा सबै पार्टी र संस्थालाई एउटै मञ्चमा ल्याउनु भएकोमा धन्यवाद छ । कार्यपत्र मसिनो गरी ल्याउनु भएको रहेछ । एमसीसी नेपालको लागि आएको होइन विकासको बहानामा आएको सैन्य रणनीति नै हो । ‘ग्लोबल फण्ड’ ले ८५ करोड डलर खर्च गरेको छ ।

त्यसलाई त संसदले पारित गरेको छैन। जनताले, विकास नै हो भन्न सक्छन् । विकासको चिन्तालाई चिर्नुपर्छ । अनुदान रकमको निश्चित प्रक्रिया हुन्छ । अनुदान सार्वजनिक खरिद ऐनको प्रक्रिया अनुसार खर्च गरिन्छ । एमसीसीमा त्यो प्रक्रिया छैन । कार्यपत्रले धेरै बोलेको कारण भव्यतातिर धेरै जान आवश्यक ठानिन । यस्ता कार्यक्रमहरू गरिरहनु पर्दछ । देशलाई बचाउन चाहनेहरु सबैको साझा कार्यक्रम बनाउनु पर्दछ । 

(राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष थापाले असोज ११ गते एक गोष्ठिमा व्यक्त विचारको सम्पादीत अंश, शिर्षक हामीले दिएका हाैँ -सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।