३ आश्विन २०८१, बिहीबार

बेरोजगार उत्पादन गर्ने शिक्षा हाम्रो देशमा हुनुहुँदैन : विप्लव सी

0

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नेपालमा हुन नहुने बताएका छन् ।
आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आयोजनामा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राखेका हुन् ।


उनले नेपालका पढ्ने युवा युवतीहरुलाई निरास बनाउने र बेरोजगार उत्पादन गर्ने शिक्षा हाल नेपालमा भएको भन्दै त्यस्तो शिक्षा नीति बदल्नुपर्नेमा जोड दिए ।
महासचिव विप्लवले नेपालमा प्लस टु र व्याजलर गरेका विद्यार्थीहरुलाई विदेश जान रोक्ने र नेपालमै अध्ययन अनुसन्धान गर्ने शिक्षा नीति बनाउन सरकारसँग पहल गर्ने विश्वास दिलाए ।


कार्यक्रमा विद्यार्थीेहरुले राखेका प्रश्नको जवाफ दिदै महासचिव विप्लवले एक जना चीनियाँले समेत नेपाल सुनको कचौरा भएको र सुनको कचौरा लिएर नेपालीहरुले भिक माग्ने गरेको भनेर केही समय अगाडि बोलेको कुरालाई उद्धत गदै त्यस्तो नहुन नेपालीहरुलाई आग्रह गरे ।
उनले आफ्नो पार्टीले नेपाललाई केही नयाँ बनाउन चाहेको र त्यो इच्छाशक्ति समेत भएकाले एकपटक नेपालको नेतृत्व गर्ने अवसर प्रदान गर्न अपिल गरे ।
महासचिव विप्लवले भने,“हामी यो देशका युवा विद्यार्थीहरुलाई निरास बन्न दिदैनौँ । विदेशी हस्तक्षेप पनि स्वीकार गर्दैनौँ । ६ करोडलाई खान पुग्ने नेपालको जमिन आज साढे दुई करोड जनतालाइ समेत खान पुग्ने गरी उत्पादन भएको छैन । यो कुराको नेकपाले अन्त्य गर्न चाहन्छ । आत्मनिर्भर देश, स्वाधीन देश र आत्मनिर्भर जनता बनाउन चाहन्छ ।”


महासचिव विप्लवले कुनैपनि नेपालीले श्रम गर्न लाज मान्न नहुने र उत्पादनको काममा जुट्नुपर्ने बताए । उनले मध्यपश्चिम विश्वविद्यालयले छोटै समयमा केही राम्रो र नमुनायोग्य काम गरेको भन्दै धन्यवाद समेत दिए ।

उनले विश्वविद्यालयलाई अझै राम्रो गर्न सुझाव दिदै कसैको गलत हस्तक्षेप र गलत निहितका कुनैपनि कार्यका विरुद्ध आफ्नो पार्टी साथ दिन र सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।


कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दबहादुर सिंहले हाम्रो देशमा कुसल र केही गर्न सक्ने विप्लव जस्तो नेतृत्व चाहिएको बताए । उनले विश्वविद्यालयमा निकै राजनैतिक हस्तक्षेप हुने गरेको र कुनैपनि हालतमा राम्रो गर्न खोज्दा कसैको पनि गलत दबाब आउछ भने स्वीकार नगर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रमअघि महासचिव विप्लवलाई विश्वविद्यालयका उपकुलपति सिंह लगायतको विश्वविद्यालय परिवारले भव्य स्वागत गरेका गरेको थियोे ।
विश्वविद्यालय परिवारले विश्वविद्यालयले गरेका कामहरुकोबारे जानकारी गराउन इन्जिनियरिङ्ग क्याम्पस, शिक्षा, ल, एजुकेशन लगायतका फ्याकल्टिका क्याम्पसहरुको महासचिव विप्लवलाई निरिक्षण गराएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।