३ आश्विन २०८१, बिहीबार

पोखरामा एमसीसी परियोजनाको विषयमा सर्वपक्षीय विमर्श हुँदै

0

पाेखरा: राष्ट्रघाती एमसीसी सम्झौताको विषयमा प्रदेश नम्बर ४ (गण्डकी प्रदेश) को राजधानी पोखरामा परिचर्चा तथा विमर्श हुने भएको छ ।
नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा प्रस्तुत गरिने ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्रमाथि विभिन्न पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वले धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा सहभागीहरुले वक्ताहरुलाई आ-आफ्ना जिज्ञासा तथा प्रश्न सोध्न सक्ने समय पनि छुट्याइएको गण्डकी ब्यूरो इञ्चार्ज तथा नेकपाका पिबिएम राजन सीले जानकारी दिएका छन् । कार्यक्रम सोमबार १५ गते अपरान्ह १२:१५ बजे पोखरा उद्योग वाणिज्य महासंघको सभाकक्षमा हुने जानकारी प्रेसित समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।