११ कार्तिक २०८१, आईतवार

MCC, भ्रष्टाचार विरूद्ध सङ्घर्ष गर्ने नेकपा भरतपुर इलाकाको निर्णय

0

चितवन: नेपाल कम्युनिष्ट पार्टी अन्तर्गत पश्चिम चितवनको भरतपुर इलाका समितिले एमसीसी, भ्रष्टाचार, मिटर ब्याज, लगायतका विषयहरूमा संघर्ष गर्ने निणर्य गरेको छ । सेक्रेटरी हिमाल सीको अध्यक्षतामा मङ्गलबार चनौलिमा बसेको इलाका समिति बैठकले उक्त निर्णय गरेको हो ।

एमसीसी सम्झौता राष्ट्रघाती र देशको हित विपरित भएका कारण यसका विरुद्ध प्रचारात्मक संघर्ष गर्ने, अन्तरकृया गर्ने, जनतालाई जागरण गर्ने साथै पार्टी केन्द्रको निर्णयलाई आत्मसाथ गर्दै भ्रष्टचार र दलाली विरुद्ध जनतालाई जागृत गर्ने, मिटरव्याज र लघुवित्तको विरुद्ध संघर्ष गर्ने निर्णय इलाका समिति  गरेको इलाका सेक्रेटरी हिमाल  सीले जानकारी दिएका छन् ।

पश्चिम चितवन जिल्ला इन्चार्ज दिनेश सीको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकमा सेक्रेटरी अटल सीको विशेष आतिथ्यता रहेको थियो भने अतिथिमा इलाका इन्चार्ज तिलकुमार  सीका साथै विभिन्न नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।