११ कार्तिक २०८१, आईतवार

स्याङ्जाको वालिङमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया हुँदै

0

स्याङ्जा: राष्ट्रघाती एमसीसी सम्झौताको विषयमा स्याङ्जाको वालिङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेकपाका स्थायी समिति सदस्य अनिल विरहीद्वारा प्रस्तुत गरिने ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्रमाथि विभिन्न पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वले धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा अवधारणामाथि वक्ताहरुलाई आ-आफ्ना जिज्ञासा तथा प्रश्न सोध्न र सहभागीहरुबाट समेत दोहोरो अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको छ । कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई,नेपाल जनता समाजवादीका जिल्ला अध्यक्ष टिकाराम रेग्मी,माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र मगर,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैरे,बुद्धिजीवी तथा प्रध्यापक डा. शेर बहादुर थापा,बामपंथी बुद्धिजीवी जगदीश गैरे, नेकपाका पिबिएम राजन सी,जनपत्रकार संगठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रे लगायतका वक्ताहरु बोल्ने कार्यक्रम रहेको नेकपाका जिल्ला सेक्रेटरी सागर सीले बताए ।
कार्यक्रम आज बुधबार १७ गते अपरान्ह १२:१५ बजे वालिङ् अमर होटलमा कार्यक्रम हुने आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।