७ जेष्ठ २०८१, सोमबार

जनतालाई दुःख दिने एकजनालाई युवा संगठन गाेरखाले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगायाे

0

गाेरखा: जनतालाई दुःख दिदै आएका एकजनालाई युवा संगठन नेपाल गाेरखाले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएकाे छ ।

धेरै पहिलादेखि जनतालाई दुःख दिदै आएका शकर धिताल भनिनेलाई युवा संगठन नेपाल गाेरखाले नियन्त्रणमा लिएर पुलिसलाई जिम्मा लगाएकाे नेकपा गाेरखा इन्चार्ज कपिलले जानकारी दिए ।

धितालले जनतालाई थाेरै पैसा दिने जनताको जग्गा पास गर्ने र मिटर ब्याजमा पैसा लगानी गर्ने सबै जनताको जमिन आफ्नाे नाममा गर्ने जस्ता बदमासी काम गर्दै आएकाेले उनलाई पहिलेदेखि पार्टीले खाेजिरहेकाे इन्चार्ज कपिलले बताए । युवा संगठनले धिताललाई मालपोत कार्यालयबाट यही १५ गते नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताइएको छ ।
जनतालाई ठगि गर्ने उनै धिताललाई पक्राउ गरिपछि जनता खुशी भएको समेत इन्चार्ज कपिलले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।