२७ बैशाख २०८१, बिहीबार

नेकपा बाँकेद्वारा नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न अपिल

0

बाँके: नेपाल कम्युनिष्ट पार्टी बाँकेले नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न अपिल गरेको छ । नेकपाले धार्मिक विषयलाई लिएर नेलागञ्जमा भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दक्षिण बाँके जिल्ला इन्चार्ज समिर सी (शेखर) र सेक्रेटरी बाकर अलि सीले संयुक्त रुपमा मंगलवार एक प्रेस विज्ञप्ति जारी गरी नेकपाले धार्मिक, जातीय र साम्प्रदायिक भड्कावहरु आउनु राष्ट्रको लागि ठुलो अभिषास सहर हुने भन्दै आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपाले ‘हिन्दुर मुस्लिम भाई –भाई हौँ, एक आपसमा लड्नु राम्रो होइन नलडाैँ मिलेर बसौं’ भन्ने आह्वान गर्दै सबै जात जाति धर्म सम्प्रदायका व्यक्तिहरुलाई शान्ति र सद्भाव कार्यम गर्न अपिल गरेको हो ।
नेकपाले विज्ञप्तिमार्फत जातजाति बीचको अन्तर विरोध हटाउन र धार्मिक दंगा हुन नदिन नेकपाले ल्याएको सी जातिको अवधारणा वैज्ञानिक भएको र सबैले त्यसतर्फ लाग्न पनि आग्रह गरेकोे छ ।
जारी विज्ञप्तिमा भनेको छ “देशमा विभिन्न जात जाति,धर्म,सम्प्रदायको कहिले धरानमा दंगा त, कहिले नेपालगञ्जमा दंगा हुने गर्दा हाम्रो पार्टीले ल्याएको सी जाति र सी संस्कृति नै अति उत्तम र वैज्ञानिक छ । एक्काईसौ सताब्दीमा यो सी जाति र सी संस्कृति भन्दा रामो केही हुने छैन यो सावित हुँदै गएको छ । ”
नेकपाले नेपालगञ्जको दुखत घटनाप्रति पार्र्टीको तर्फबाट दु:ख व्यक्त गर्दै नेपालगञ्जमा धार्मिक द्धन्द्ध तिर कोही पनि नलाग्न सबैमा विशेष अनुरोध गरेको छ । नेकपाले धार्मिक द्धन्द्धतिर लाग्दा नेपाली नेपालीहरु बीच लड्ने र आफै विदेशीको गुलाम हुने अवस्था आउन सक्ने भन्दै सचेत रहनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
आइतबार एक हिन्दु धर्मालम्वीले मुस्लीम धर्मालम्वीका व्यक्तिलाई फेसबुकमार्फत गाली गर्दा उत्पन्न विवादले धार्मिक भड्काव फैलिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।