१५ बैशाख २०८१, शनिबार

समाजवादी मोर्चा नेपाल प्यूठानको संयोजकमा परिवर्तन

0

प्यूठान: कम्यूनिष्ट घटकहरुको मोर्चा समाजवादी माेर्चा नेपाल प्यूठानको संयोजकको जिम्मेवारीमा नेकपा प्यूठानका सेक्रेटरी गिरु प्रसाद भुसाल (परिवर्तन सी) सर्वसम्मत चयन भएका छन् । मंगलबार जुम्रीमा बसेको मोर्चाको प्रथम बैठकले संयोजकको जिम्मेवारीमा भुसाललाई चुनिएको हो ।

नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज एवम् बैठकका जेष्ठ सदस्य राजकुमार कक्षपतीको अध्यक्षतामा बसेको मोर्चाको प्रथम बैठकले केन्द्रिय कार्यविधि अनुसार ४–४ महिनाको आलोपालोमा संयोजक रहनेगरी पहिलो ४ महिना (माघ १६ गते) सम्मका लागि नेकपा प्यूठानका सेक्रेटरी भुसाललाई संयोजकको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक एवम् माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी (रोषन) ले जानकारी गराए । समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानको सदस्यहरुमा नेकपा प्यूठानका सचिवालय सदस्य मुस्कान सी, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज राजकुमार कक्षपती, नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजविक्रम बुढा मगर, नेकपा (माओवादी केन्द्र) प्यूठानका संयोजक नवराज अधिकारी (रोषन), नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश कमिटी सदस्य प्रभात के.सी., जनता समाजवादी पार्टी प्यूठानका इन्चार्ज दान बहादुर बस्नेत र जनता समाजवादी पार्टी प्यूठानका अध्यक्ष श्रीकृष्ण पोख्रेल रहेका छन् ।

समाजवादी मोर्चा नेपाल जिल्ला समिति प्यूठानले यहि मिति २०८० कात्तिक १ गतेका दिन वडा दशैं, शुभ दिपावली र छड पर्व २०८० को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोजबिक्रम बुढा मगरले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।