२७ बैशाख २०८१, बिहीबार

युवा संगठन नेपाल सुर्खेतद्वारा कृतिम अभाव सृजना गर्ने माथि कार्वाही गर्न माग

0

सुुर्खेत: युवा संगठन नेपाल सुर्खेतले दसै तिहारको समयमा दैनिक उपभोग्य वस्तुमा कृतिम अभाव सृजना गर्ने व्यवसायीमाथि कडा कार्वाही गर्न माग गरेको छ ।
युवा संगठन नेपाललले सोमबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत नेपाल सरकरलाई ज्ञापनपत्र पेश गर्दै कृतिम अभाव सृजना गर्नेमाथि कडा कार्वाही गर्न माग गरेको हो ।
संगठनले पाँच बुँदे माग राख्दै महंगी नियन्त्रण गर्नु पर्ने खाद्य वस्तुहरुमा अखाद्य वस्तुको मिसावट बन्द गर्नुपर्ने, वस्तुमा बढी मुनाफा लिने व्यापारी माथि कार्वाही गरिनु पर्ने, भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण गर्नु पर्ने माग गरेको छ ।
संगठनले अपराधमा संलग्न जो सुकै भएपनि हदै सम्मको कार्बाही गरिनु पर्ने र त्यसो नगरीए आफ्नो संगठनले सोच्न बाध्य हुने चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।