७ जेष्ठ २०८१, सोमबार

एमसीसीविरुद्ध नेकपाले देशभर प्रदर्शन गर्दै

उपत्यकामा साढे २ बजे सुन्धाराबाट र्याली सुरू भई शान्तिबाटिकामा विराेधसभा हुने

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आएकाे विराेधमा नेकपाले देशभर विराेध प्रदर्शन गर्ने भएकाे हाे । 

एलिसले एमसीसी परियोजना कार्यान्वयनबारे प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न दलका नेतासँग भेटघाटलाई तिब्रता दिदै आएका छन् । यसैक्रममा आज एमसीसी कार्यान्वयन भएको खुशियालीमा उत्सव आयोजना गरिएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँ उपत्यकालगायत देशभर प्रदर्शन गर्ने बताइएको छ । 
काठमाडौं उपत्यकामा दिउँसो साढे २ बजे सुन्धाराबाट र्याली सुरू भएर शान्तिबाटिकामा विराेध सभा हुने नेकपा उपत्यका ब्युराेले जनाएकाे छ । नेकपा उपत्यका व्युरो र संयुक्त जवसकाे आयाेजनामा विराेध प्रदर्शन हुने उपत्यका ब्युरो इन्चार्ज कृति सीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।