२८ बैशाख २०८१, शुक्रबार

रोल्पामा नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया सम्पन्न

0

रोल्पा:  नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा नेपाली विशेषता विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो रोल्पाको लिबाङमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलहरु, समाजसेवी बुद्धिजीवी, पत्रकार तथा नेकपाका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका पाेलिट ब्युरो सदस्य सन्देश सी रहेका थिए । अन्य अतिथिहरु नेकपा राप्ती ब्युराे इन्चार्ज तथा केन्द्रिय सदस्य सविन सी, केन्द्रिय सदस्य असिना सी, युवा संगठन नेपालका केन्द्रिय सदस्य विश्लेषण सी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित दुई दर्जन भन्दा धेरै व्यक्तिहरुले समाजवाद विषयमा आफ्नो टिप्पणी राख्ने कार्य भएको थियो । उक्त टिप्पणीप्रति कार्यक्रमका प्रमुख अतिथि सन्देश सीले स्पस्ट पार्ने काम भएको थियो । नेकपा नेता सन्देश सीले अब संसदीय व्यवस्थाको विकल्पमा नेपाली विशेषताको समाजवाद भएको बताएका छन् ।  

प्रमुख अतिथिले राजनीतिक समसामयिक परिस्थितिलाई विश्लेषण गर्दै एमसीसी परियोजनामार्फत साम्राज्यवादले नेपालमा ठाडो हस्तक्षेप गरिरहेको जिकिर गरे । राष्ट्रिय स्वाधीनताको रक्षा गर्न समाजवादी मोर्चाको भूमिका महत्वपूर्ण हुने समेत बताएका छन् ।

नेकपा केन्द्रिय सदस्य आक्रोस सीको सभापतित्व रहेको कार्यक्रमलाई केन्द्रीय सदस्य पोष्टमान सीले संचालन गरेका थिए भने नेकपा केन्द्रिय प्रतिनिधि तथा पश्चिम रोल्पाका सेक्रेटरी सन्दिप थापाले स्वागत मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।