कपिलवस्तु : जिल्ला स्तरीय कृषक ज्ञान केन्द्रको आयोजनामा नेपाल कम्युनिस्ट पार्टीको व्यवस्थापन कपिलवस्तुको केन्द्रीय कार्यलयमा ५ दिने कृषक तालिम आइतबारबाट सुरु भएको छ ।
उक्त उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश कृषि मन्त्रालयका सचिव यम नारायण देवकोटा प्रमुख अतिथि, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा केन्द्रीय कार्यलय सचिव विजय सी, अतिथहरु नेपाल कम्युनिस्ट पार्टीका पिबिएम तथा पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सञ्जिव सी रहेका थिए । कपिलवस्तु जिल्ला ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलको अध्यक्षतामा तालिम संचालन भएको थियो ।
५ दिने तालिममा जिल्लाका २५ जना कृषकहरुकाे उपस्थिति रहेको बताइएको छ । सोही कार्यक्रमको व्यवस्थापन केन्द्रीय कार्यलयको तर्फबाट ठाकुर प्रसाद सीले गरेका थिए भने स्वागत मन्तव्य दिनेश सीले दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्