२५ बैशाख २०८१, मंगलवार

नेकपाका महासचिव विप्लव सीले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस्

0

कपिलवस्तु ।  हामी सी संस्कृतिको मान्यतामा नयाँ संस्कृति बनाउनु पर्छ भन्नेमा छौ । दशैं श्रमजीवी वर्गको होइन । यो सामन्ती व्यवस्थाले धार्मिक शोषणबाट सत्ता टिकाउन बनाएको संस्कृति हो । यसलाई नयाँ संस्कृतिमा लैजानु पर्छ । त्यसैले सी संस्कृति हामी बनाउदै छौ । मैले यो दशैंको समयमा कपिलवस्तुमा रहेर विशेष गरी ३ वटा विषयमा केन्द्रीत भएर (श्रम,अध्ययन र मनोरञ्जन)मा समय बिताउदै छु ।

१) श्रमअन्तरगतः नेकपाले आत्मनिर्भर पार्टी,नेता,कार्यकर्ताको नीति अनुसार उत्पादको काममा लागेको छ । क्रान्ति गर्ने पार्टीले आफ्नै उत्पादनमा पनि जोड दिनुपर्छ । कसैसंग माग्ने पार्टी बनाउने होइन भन्ने नीति सहित शिवगढीमा अढाई विगाह जग्गामा धान खेति गरेको छ । धान पाकिसकेको छ । यो बिचमा अढाई बिगाह जग्गाको धानखेती भित्र्याउने काममा लाग्नेछु । त्यसपछि खेतमा लसुन लगाउने योजना छ । लसुन लगाउने काममा पनि पार्टी कार्यकर्ता र नेतासंगै श्रममा भाग लिदैछु ।

२) अध्ययनः मैले श्रमसंगै अध्ययनको समय मिलाएको छु । विश्व राजनीतिकोबारे अध्ययन गरिने छ । अध्ययनमा यो वर्षको मदन पुरस्कार जित्नेकोबारे पनि अध्ययन गर्नेछु । साहित्य तथा समाजवाद सम्वन्धि अध्ययन गर्ने कार्यसूची बनाएको छु । मैले यो भन्दा दुई वर्ष अघि युद्ध र शान्तिको बारे पनि अध्ययन गरेको थिए ।

३) मनोरञ्जनः मनोरञ्जनमा हाम्रो युवाहरुले खेलकुद आयोजना गरेको छ । खेलकुदमा सहभागी हुन्छु । प्रगतिशील फिल्म,नाटक हेर्ने कार्यसूची बनाएको छु । संगै सहिद परिवार,नेता कार्यकर्ता जनतासंगको भेटघाट पनि हुन्छ । पारिवारिक भेटघाट पनि हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।