४ माघ २०८१, शुक्रबार

नेकपाका स्थायी समिति सदस्य उमा सी (शिलु)ले दशैंको बिचमा के कसरी समय विताउदै छन ? हेर्नुहोस्

0

रुपन्देही । मेरो पारिवारिक भेटघाट हुनेछु । संगै सहिद परिवार, नेता र कार्यकर्तासंगको भेटघाट हुनेछ । पार्टीका ठुला कार्यक्रम यो बिचमा नभएकाले पारिवारिक भेटघाटम समय वित्नेछ ।

त्यो संगै अध्ययनको विषय पनि रहने छ । दशैं हाम्रो लागि कुनै ठुलो कुरा र नयाँ कुरा होइन । सामन्ती संस्कारलाई दशैको रुपमा विकास गरियो । यो श्रमजीवीको सत्ता पनि होइन र संस्कार पनि छैन ।

श्रमजीवीको सत्ता ल्याएर सी संस्कृतिको विकास गर्नुपर्छ । दशै मनाउने कुरा गलत छ । यो पुराना शाषकहरुले वर्ग स्वार्थका लागि बनाएका संस्कृति हुन । अन्धविश्वास तथा अध्यात्मवादी विचारमा केन्द्रीत छ ।

हामी भौतिकवादी भएकाले भौतिकवादी दृष्टिकोणबाट संस्कृति पनि मनाउनु पर्छ । तर समाजमा दशैं तिहारको धेरै प्रभाव छ । मेरो मुख्यगरी पारिपारिक भेटघाटसंगै,नेता कार्यकर्ता,सहिद परिवारसंगको भेटघाट र घुमफिरमा समय वित्ने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।