१३ बैशाख २०८१, बिहीबार

भ्रष्टाचार बिरुद्द निर्मम बन्ने गंगादेवबासीलाई नेकपा रोल्पाले दियो धन्यबाद

0

रोल्पा: असार मसान्त आउदै गर्दा भ्रष्टाचारीहरु सल्बलाउने समय हो । आर्थिक बर्ष सकिदै गर्दा घुसियाहरु सक्रिय छन । असार मसान्त नआउदै कुनै घुसियाहरुका लागि कालो साउन बन्दै छ । भ्रष्ट कर्मचारी र जनप्रतिनिधिहरु बिल भरपाई मिलाउन व्यस्त छन ।    

यहि अवसरमा रोल्पाको गंगादेव गाउँपालिकामा प्राबिधिक शाखा प्रमुखमा कार्यरत तथा इन्जिनियर नविन डाँगी नगत घुस ५० हजार सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन ।

यसरि गंगादेवबासिहरुको सहयोगले अख्तियार आयोग घुसियालाई फन्दामा पार्न सफल भयो । उक्त कार्यप्रति नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले धन्याबाद ज्ञापन गरेको छ । 

जनस्तरबाट भ्रस्टाचार बिरुद्द सचेत आन्दोलनको संज्ञा दिंदै यसरि नै घुसखोरी बिरुद्द लड्न रोल्पाली जनसमुदायलाई आह्वान गरेको छ ।

हेर्नुहोस धन्याबाद ज्ञापन:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।