५ जेष्ठ २०८१, शनिबार

नेकपा दक्षिण कर्णाली व्यूरोको टिम राहत र उद्धारका लागि जाजरकोट तिर

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोको टिम राहत र उद्धार कार्यका लागि भूकम्प प्रभावित जिल्ला जाजरकोट तिर आज विहान प्रस्तान गरेको छ ।

करिब एक दर्जन नेता तथा कार्यकर्ता सहभागी टिमको कमाण्ड गर्दै व्यूरो इन्चार्ज संगम सी जाजरकोट जिल्ला तिर लागेको हुन ।
घटनामा परी घाईते भएकाहरुको उद्धार गर्न तथा पीडितहरुलाई राहत दिनका लागि नेकपा दक्षिण कर्णाली व्यूरोको टिम जाजरकोट गएको हो ।
अहिले जाजरकोटको सीमा क्षेत्रमा पुगिसकेको व्यूरो इन्चार्ज संगम सीले जनपत्रिकालाई जानकारी दिए ।

गयराती जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठुलो जनधनको क्षति भएको छ । यो समाचार तयार पार्दा सम्म १३६ जनाको मृत्यु भएको सार्वजनिक भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।