३ आश्विन २०८१, बिहीबार

नेकपाद्वारा राहत र उद्वारमा कडाइसाथ लाग्न निर्देशन, चिकित्सकसहितको टोली पठाइयो

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पवाट प्रभावितकाे उद्धार र राहतमा जुटेको छ । सो पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सी ले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिदै पार्टीको तर्फबाट विभिन्न किसिमका सहयोगको घोषणा गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमार्फत नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको तर्फबाट विभिन्न सहयोग पुर्याउने जानकारी दिएको छ । जस अन्तर्गत पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने, जनस्वास्थ्यकर्मी महासंघ (डा. प्रकाश सी) को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने, भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने, राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने, देशको राजधानी लगायत सबै जिल्लामा राहतका लागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने, पार्टीले राहत कोषकालागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने र विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा आयोजित उक्त पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्ति प्रवक्ता प्रकाण्ड सीले पढेर सुनाएको थिए ।

जुन यस प्रकार रहेको छ-

‘कार्तिक १७ गते राति ११.४७ मिनेटमा जाजरकोट र पश्चिम रुकुम केन्द्रीत भएर गएको ६.४ रेक्टरको भूकम्पले ठूलो जनधनको अपूरणीय क्षति गरेको छ । १३२ जना नागरिकको ज्यान गएको छ भने सयौं जना घाईते हुनु भएको छ । यस पीडाको घडिमा ज्यान गुमाउने नागरिकहरुप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । त्यसैगरी घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
जाजरकोट, रुकुम र छिमेकी जिल्लाहरुमा जुन क्षति भएको छ यो स्थितिमा जनताको सेवामा जुट्न हाम्रो पार्टी आम पार्टी पंक्ति, ज.व.स., मोर्चा, युवा जनस्वयम सेवक सबैलाई उद्धार तथा राहतमा जुट्न निर्देशन गर्दछ । त्यस्तै भूकम्पबाट ज्यान गुमाएका नागरिकहरुलाई उचित राहतको व्यवस्था गर्न, घाइतेहरुको स्वास्थ्य उपचार गर्न साथै घर भत्किएर समस्या झेलिरहेका जनतालाई यथासिघ्र राहतको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।
यो पीडाको क्षणमा हाम्रो पार्टीका तर्फबाट निम्न राहतको कार्यक्रम संचालन गर्ने जानकारी गराउँदछौं ।
१) पार्टी कोषबाट राज्य राहत कोषमा एक लाख (१,००,०००) जम्मा गरिदिने ।
२) पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल (२५ क्विन्टल) उपलब्ध गराउने ।
३) जनस्वास्थ्यकर्मी महासंघ (डा.प्रकाश सी) को नेतृत्वमा डक्टरहरुको टोली जाजरकोट र रुकुम खटाउने ।
४)भेरी, राप्ती, कर्णाली, सेती, महाकाली, लुम्बिनी व्युरोबाट एक–एक वटा स्वयमसेवक टोली परिचालन गर्ने । राहत लगत्तै निर्माणमा देशभरीबाट जनस्वयमसेवकहरु परिचालन गर्ने ।
५) देशको राजधानी लगायत सबै जिल्लामा राहतकालागि लत्ता कपडा, टेन्ट, औषधी, रकम संकलन गर्ने ।
६) पार्टीले राहत कोषकालागि आधिकारिक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने ।
७) विभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुलाई आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने छ । ‘

वक्तव्यसहित…..


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।