७ पुष २०८१, आईतवार

राहत संकलन कार्यमा अवरोध गर्नु सरकारकाे स्वेच्छाचारी र गैरजिम्मेवारीपन हो

0

काठमाडौं: नेपाल सरकार गृहमन्त्रालयले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट पीडितकाे लागि राहत संकलनमा अवरोध गरेको नेकपा स्थायी कमिटी सदस्य अनिल सीले बताएका छन् । राहत संकलन कार्य दुरुपयोग हुनसक्छ र त्यस प्रकारकाे अवाञ्छित कार्य राेक्ने दायित्व सरकारकाे हो तर जिम्मेवार संस्था र पार्टीले पारदर्शी ढंगले राष्ट्रिय दायित्व पूरा गर्ने कार्यलाई निरुत्साहित वा अवरोध खडा गर्नु गैरजिम्मेवार हर्कत हो ।

जनपत्रिका अनलाइनले काठमाडौं, ललितपुर र चितवनका प्रमुख जिल्ला अधिकारीसँग गरेको कुराकानीमा पनि गृहमन्त्रालय सकारात्मक नभएको देखिएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीले यदि सरकारले त्यस्तो नीति लिएको भए त्यो स्वच्छाचारी र गैरजिम्मेवारी हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।