११ श्रावण २०८१, शनिबार

रत्नकुश रंजितकारले आफूलाई ठगी गरेको डा. डिल्लीराज रिजालकाे आरोप

0

बनेपा– नेकपा (एमाले) बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंजितकारले आफूलाई ठगी गरेको आरोप लगाउँदै डा. डिल्लीराज रिजालले पत्रकार सम्मेलन गरेका छन् । मंगलबार बनेपामा नेकपाको आयोजनामा पत्रकार सम्मेलन गरेर आफूलाई रंजितकारले ठगी गरेको सार्वजनिक गरेका हुन् ।

प्रहरी प्रशासन र अदालतमा धाउँदा पनि आफूले न्याय नपाएपछि नेकपा महासचिव विप्लव सीको शरणमा पुगेको डा. रिजालले पत्रकार सम्मेलनमा बताएका छन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य बिन्दु सीको सहभागितामा सो पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

स्थानीय तह निर्वाचन–२०७९ मा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका रंजितकारले आफूलाई अपहरण, कुटपिट, मानसिक यातना दिने, ‘इमोश्नल ब्ल्यक मेलिङ’ र ‘हनी ट्र्याक’मा पारेर ठगी गरेको आरोप लगाएका छन् ।

वीर अस्पताल लगायतका देशैभरिका विभिन्न अस्पताहरुमा विगत १५ वर्षदेखि चिकित्सक सेवा गर्दै आएका रिजालले आफूले बनेपा–१० स्थित जनगालमा आफ्नो जग्गा बेचबिखनको क्रममा ठगी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । ‘बनेपामै बस्ने रत्नकुश रंजितकारले मबाट ३३.५ रोपनी जग्गा खरिद गरि लिने सम्बन्धमा केही रकम बाँकी राखी खरिद गरेका थिए । उक्त बाँकी रकम भुक्तानी पाउन २०७६ सालदेखि आजसम्म पटकपटक ताकेता गर्नु प¥यो र चेक रकम असुल्न अदालतसम्म पुग्नु परेको थियो ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर लेनदेनको विषयमा जग्गा खरिद गर्ने रत्नकुशलाई पनि कारबाही नगर्ने तर लेनदेन आपसी सहमतिबाट मिलाउने भनि अदालतबाट नै मिलापत्र पनि गरिएको थियो ।’

डा. रिजालका अनुसार जग्गाको बाँकी रकम दिन आफूसँग पैसा नभएको भन्दै रन्जितकारले आफूलाई जग्गा नै फिर्ता लान अनुरोध गरेका थिए । आफूले जग्गा फिर्ता लिन पैसा समेत थप गरेर दिएको तर जग्गा भने फिर्ता नगरेको उनको आरोप छ । ‘उक्त रकम दिनलाई पैसा छैन भनि रत्नकुशले जग्गा नै फिर्ता लानु भन्दै अरु थप रकम मबाट लिएर एनआइसी बैंकबाट फुकुवा गरि जग्गा नै फिर्ता लानु भनि, सो पछि थप रकम लिएर जग्गा फिर्ता दिएनन् । सो अन्याय विरुद्ध रु. ३ करोड दाबी गरि सम्पूर्ण प्रमाणसहित मैले सम्मानित काभ्रे जिल्ला अदालतमा न्यायको लागि मुद्दा दायर गरेको थिए ।’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि हिसाबकिताब मिलाउँ भनि मिलापत्रको लागि निज रत्नकुशले मलाई बनेपा बोलाएर अपहरण शैलीमा मिति २०८०।०३।२२ गते होटल भिलेज रिसोर्टमा दिनभर बन्धक बनाएर राखे, दिनभर मलाई मानसिक यातना दिने, डर धक्की दिने, व्यक्ति बोलाएर पानीको बोतलले हान्ने पनि गरे र अन्त्यमा दुईजना स्थानीय व्यक्तिको नाममा २ र ३ करोडको चेक काट्न लगाएर दिनभर बन्धक बनाएर राखे र उक्त चेकको धम्की दिँदै मुद्दा मिलापत्र गर्न बाध्य बनाए ।’

काभ्रे जिल्ला अदालतमा दायर गरेको मुद्दा मलाई अपहरण गरि शरीर बन्धक बनाइ चेक कटाई अपरिचित मान्छे प्रयोग गरि कुटपिट गरि डर र त्रासमा मानसिक यातना दिएर मुद्दा फिर्ता गर्न बाध्य बनाएकाले यो अन्याय विरुद्ध सामाजिक न्यायको आस गरेर पत्रकार सम्मेलन गरेको उनले बताए ।
विप्लव नेतृत्वका नेकपाका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज विन्दु सीले एमाले बनेपा नगर अध्यक्ष रत्नकुश रन्जितकारलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । डा. डिल्लीराज रिजाललाई जग्गा किनबेचमा ठगी गरेको उजुरी पार्टीमा परेको भन्दै इन्चार्ज विन्दु सीले कार्वाहीको चेतावनी दिएका हुन् ।

बनेपा–१० स्थित जनगालमा डा. रिजालको जग्गा बेचबिखनको क्रममा रन्जितकारले ठगी गरेको उजुरी नेकपाको केन्द्रिय न्याय विभागमा दर्ता गरेसँगै आफूहरुले रन्जितकारसँग बारम्बार सम्पर्क गरेको बताउँदै रन्जितकारले आफूहरुसँग भेट्न नचाहेको बताए ।

रत्नकुशको विषयमा आफूहरुले अध्ययन गरिरहेको बताउँदै उनले दम्भ नदेखाउन समेत आग्रह गरे । ‘रत्नकुशको विषयमा हामीले अध्ययन गरिरहेका छौं । रत्नकुश कस्तो खालको व्यक्ति हो ? सम्पतिको विवरण पनि लिइरहेका छौँ । विद्यालयदेखि धेरै विषयको अध्ययन गरिरहेका छौं ।’ उनले भने, ‘आफ्नो दम्भ देखाउँदै हिंड्ने खालको मान्छे रहेछ । केन्द्रिय न्याय विभागले हेरेको छ यो मुद्दा । अझै छलफलमा आउनुहोस् । टेबुलमा बसौं । पिडामा परेका जनता आफ्नो पिडा बोकेर आउँछ भने आफ्नो तरिकाले पार्टीले अगाडि बढाउँछ र जनतालाई न्याय दिनेछौं ।’

सम्पर्कमा नआए पार्टीको निर्देशन जे आउँछ त्यही गर्ने उनले बताए । ‘फेरि पनि हामी रत्नकुश ज्यूलाई टेबुलमा आउन अनुरोध गर्दछौं । यदि आउनु भएन भने पार्टीको माथिबाट जे निर्देशन आउँछ हामी त्यहीं गर्छौं ।’ उनले भने, ‘हामी डा. रिजाललाई न्याय दिलाएरै छाड्छौं ।’

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।