२७ बैशाख २०८१, बिहीबार

देश गम्भीर संकटमा छ, यसको निकास नेपाल कम्युनिस्ट पार्टीले मात्रै दिन सक्छ : सुमनसिंह

0

झापा: नेपाल कम्युनिस्ट पार्टी पश्चिम झापाले पार्टीको पालिका स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरु पार्टीका केन्द्रीय सदस्य तथा पुर्व झापा इन्चार्ज प्रशान्त सी, ट्रेड युनियन महासंघका मेची ब्युरो इन्चार्ज चमनलाल सी, पश्चिम झापा इन्चार्ज सञ्जय सी, झापा जिल्लाका अग्रज नेताहरू खेम सी र देवि सीको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमन सिंहले देश संकटमा रहेकाले अब कुनै पनि दलले यसको निकास निकाल्न नसक्ने भन्दै अब देशको निकास र राष्ट्रको स्वाधिनता जोगाउन विचार र व्यवहार दुबैमा नेपाल कम्युनिस्ट पार्टीले मात्रै सक्ने बाताउँदै सबै संसदवादी दलहरुको पनि बैतर्नी तार्न सक्ने नेकपा मात्रै रहेको बताए । सबै पार्टी सदस्यहरु देश जिम्मा लिन उच्च मनोबलका साथ तयार हुनुपर्ने साथै देशको मुहार फेर्ने पार्टी नेकपा मात्रै रहेकाले जनतातिर नेताकार्यकर्ताहरु डटेर अघि बढ्नुपर्ने अर्का अतिथि प्रशान्त सीले बताए ।

पश्चिम झापामा सात वटा पालिकाहरु र ५९ वटा वडाहरुमा १/१ जना नयाँ पार्टीमा प्रतिबद्ध सदस्य बनाउने अभियान सुरु गर्नुपर्ने बताउँदै नेकपाको कार्यकर्ता हुनुमा गर्व गर्नुपर्ने पश्चिम झापा इन्चार्ज तथा कार्यक्रमका अध्यक्ष संजय सीले बताए । साथै उनले पार्टीको सदस्यको महत्त्व बताउँदै नेकपाको सदस्यले शिक्षा, स्वास्थ, रोजगार जस्तो कुरामा बञ्चित होइन ग्यारेन्टी गर्दै जानूपर्ने र त्यसको प्रत्याभूति गराउने समेत प्रतिबद्धता प्रकट गर्दै सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रमको संचालन पश्चिम झापाका सचिव विनोद सीले गरेका थिए। कार्यक्रममा पश्चिम झापाका विभिन्न पालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।