५ जेष्ठ २०८१, शनिबार

नेकपा नुवाकोट र रसुवाले भूकम्पबाट प्रभावितका लागि ४ लाख बराबरको राहत सामाग्री पठाए

0

नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति नुवाकोट र रसुवाबाट हालै गएको भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट/रुकुम पश्चिममा करिब ४ लाख बराबरको जिन्सी र ७३,५१२ नगद सङ्कलन गरेर पठाएको छ ।

उक्त राहत सामाग्रीहरु आज नेकपा पश्चिम ताम्सालिङ्ग व्युरो अन्तर्गत नुवाकोट र रसुवा जिल्लाले संयुक्त रुपमा पार्टी पश्चिम ताम्सालिङ्ग व्युरो इन्चार्ज आजाद सीमार्फत केन्द्रिय कार्यलयलाई हस्तान्तरण गरिएको छ ।

नुवाकोटका इञ्चार्ज गोपाल (निर्देश) सी, रसुवा जिल्ला इन्चार्ज जनक सी सागर, रसुवा जिल्ला सेक्रेटरी संकर सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रोजी सी, नुवाकोट जिल्ला सदस्य बादल सी, रसुवा जिल्ला सदस्य सन्तोश बोगटी, बामपन्थी नेताबुद्धिजीवी केन्द्रीय सदस्य शुभलाल सीको उपस्थितिमा उक्त राहतलाई तत्काल जाजरकोट र रुकुम पश्चिम पठाउने तयारी अनुसार ब्युरो इन्चार्जलाई हस्तान्तरण गरिएको छ । राहत संकलन अभियानमा सहयोग गर्ने रसुवा र नुवाकोटवासी व्यापारी, शिक्षक, कर्मचारी जनसमुदाय पार्टी पंक्ति सम्पूर्णलाई विशेष धन्यवाद दिदै समापन भएको थियो |


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।