२३ बैशाख २०८१, आईतवार

भूकम्पका घाईतेहरु भक्कानिदै भन्छन् ‘यस्तो कालो दिन कसैलाई पनि नआहोस्’

0

सुर्खेत ।  गत कार्तिक १७ गते सुक्रवार राती ११ः४७ बजे जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । यो घटनाले जाजरकोट र रुकुम पश्चिमका लागि साँच्चिकै कालो दिनको उद्य भयो ।

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भयो भने सयौ जना अंगभग तथा घाईते भए । घटनाका केही घाईतेहरुको अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ । ती घाईतेहरुसंगको भेटमा उनीहरुले भक्कानिदै एउटै स्वरमा भने ‘यस्तो कालो दिन कसैलाई पनि नआहोस् ।’

रुकुम आठविसकोट नगरपालिका वडा नम्वर १४ छेपाडेका १२ बर्षिय प्रदिप मल्लको खुट्टामा चोट लागेको छ । उनलाई ठुलो बुवा कुल बहादुर मल्लले उपचारमा अस्पतालमा सघाईरहेका छन । प्रदिपको खुट्टा भाँचिएको छ । प्रदिपले भूकम्प आउदा संगै सुतेका १४ बर्षिय दिदि सरिता मल्ल गुमाएका छन । प्रदिपले दिदिलाई सम्झिदै भक्कानिए र यस्तो घटना सम्झिन पनि नसक्ने बताए ।

प्रदिपका आमा बुवा पनि सामान्य घाईते छन । छोरीको ज्यान गएको बेदनामा छन मतिजाको उपचार गराउन आएको छु प्रदिपका ठुलो बुवा कुलवहादुरले भने ।

कुलबहादुरले थप्दै भने ‘भूकम्पमा आफू पनि घाईते भए, घरमा ४ जना पुरिएका थियौ । ठुलो दाई परे मल्ल लगायतले तत्काल उद्धार गरेर बच्यौ । चोट धेरै लाग्न नपाएपनि मृत्युको मुखबाट बचेर आएको हुँ ।’ उनले घटनालाई सम्झिदै थप भने ‘यो कालो दिन हो । यस्तो नेपाल भरी कसैलाई नआहोस् ।’
कुलबहादुरले चाडवाडको बेला रंगरोदन बनाएको घर भूकम्पले खरानी बनायो भन्दै यस्ता घटना नदोहोरीन सरकारसंग भूकम्प प्रतिरोधी घर बनाईदिन आग्रह गरे ।

यस्तै जाजरकोट भेरी नगरपालिका १ रावतगाउँकी ७० बर्षिय कौशिल्ला विक पनि अस्पतालको बेडमा छट्पटाईरहेकी भेटिन । उनको टाउकोमा चोट छ । उनलाई आफ्नो चोट भन्दा कान्छा छोराको ४ बर्षिय छोरा, नाती विपिन विकको भूकम्पमा परी ज्यान गएकोे घटनाले झस्काईरहेको छ ।

कौशिल्लाले आँखाभरी आसु झार्दै भनिन् ‘ज्यान गएको नातीको आमा, बुहारी शर्मिला पनि गम्भीर घाईते छ,नातीको ज्यानै गयो । म घाईते अवस्थामा तट्पिरहेको छुु । घटनामा श्रीमान चन्द्र विक,नातिनी सारदा, नाती अमृत पनि सामान्य घाईते छन । यस्तो विपत्ति कसैलाई नआहोस ।’


कौशिल्लाको गम्भीर घाईते बुहारी शर्मिला पनि निकै विछिप्त अवस्थामा भेटिइन् । उनलाई अस्पतालको बेडबाट उठाएर दिशा पिसाब गर्न लगिन्छ । उनको टाउको देखि तलको शरिर राम्रोसंग चल्दैन । बेडमा सुतेको अवस्था छ । राम्रोसंग अझै बोल्न सक्ने अवस्था छैन ।

उनलाई छोरा गुमाएको पीडा त छदै थियो तर आफ्नो शरिर समेत घरभत्किदा पुरीको घटनाले राम्रोसंग होस खुलेको छैन । उनको मानसिक तनाब पनि बढेको हुन सक्छ । शर्मिलाले धेरै बोल्न नसके पनि घटना मेरो लागि कालो दिन हो म सम्झिन सक्दैन भनिन् ।


अर्का रुकुम चौरजहारी नगरपालिका खत्रीगाउँका देवी मल्लको पीडा पनि कम छैन । उनको ढाँडमा घरले पुरिदा चोट लागेको छ । हिड्न डुल्न गाह्रो छ । अस्पतालको बेडमा आँसु झार्दै र भक्कानिदै उनले कालो दिनबाट बाँचे पनि मरेको भए सुख हुने थियो भनिन् ।

देवीको घरमा भूकम्पले घर भत्किदा श्रीमान वीरवहादुर मल्ल,छोरा खिमराज मल्ल,बुहारी सुरमा मल्ल,नातिनी मिना मल्ल गरी ५ जना घाईते भए । अरुको अवस्था सामान्य भएपनि देवी भने गम्भीर छन । अहिले उनको प्रदेश अस्पतालमा उपचार जारी छ ।

यस्तै रुकुम आठविसकोट नगरपालिका १४ ज्यामिरेकोटका गणेश बहादुर मल्लको कम्मरमा चोट छ । उनको घरमा भूकम्पले आफ्नै २ छोरी १५ बर्षिय प्रेमा मल्ल र १२ बर्षिय चन्द्रकला मल्लको ज्यान गयो । साथै भेटन आएका दिदिको छोरीको छोरा १४ बर्षिय विराट मल्लको पनि ज्यान गयो ।

एउटै घरमा ३ जनाको ज्यान गएपछि गणेश निकै विछिप्त छन । उनले भने ‘भूकम्पलाई सम्झिदै भने यो कहाली लाग्दो पीडावोधको घटना हो । यस्तो त दुश्मनलाई पनि नहोस् । यो १७ गते मेरो लागि कालो कर्तुत दिन हो ।’


घटना सम्झिदै गणेश भक्कानिए । उनले आँखाबाट आँसु झार्दै घुक घुक गर्दै भने ‘आज दुई छोरीको घरमा शुद्धि गर्दैछन । म अस्पतालको बेडमा छु । पीडाले छाति पोलेको छ । म सबै भन्न अहिले सक्दैन ।’ उनले यदि छिमेकीले समयमा उद्धार नगरेको भए सबै परिवार सखापर हुने थियौ भने । गणेशले घरमा ३ जना सामान्य घाईते भएको पनि बताए । उनले सरकारलाई सम्झिदै भने ‘सरकार भूकम्प प्रतिरोधी घर बनाई देउ ! गास वाँसको व्यवस्था गरिदेउ !’

यस्तै भूकम्पले जाजरकोट भेरी नगरपालिका ११ मटेलाकी ५२ बर्षिय लक्ष्मी सुनाको पीडा माथि पनि पीडा थपिदिएको छ । २०७४ सालमा श्रीमान सडक दुर्घटनामा गुमाउनु पर्यो ।

यस्तै लक्ष्मीले सोती घटनाको नवराज हत्याकाण्डमा ६ जना गुमाएको घटनामा आफ्नो छोरा लोकेन्द्र सुनार गुुमाउनु पर्यो । यी यस्तै घटनाले दुख माथि दुख परेकै थियो । फेरी सुक्रवारको भूकम्पले लक्ष्मी गम्भीर घाईते अवस्थामा अस्पतालको बेडमा छन ।

उनले आँखाबाट आँसु झादै र भक्कानिदै भनिन ‘मेरो सबै भाग्य दैबले लुट्यो,फेरी यस्तो घटनामा परे,मर्छु की बाँच्छु थाहा छैन ।’ लक्ष्मीले एक छोरी काठमाडौ भएको र जेठो छोरा बुहारी अर्को कोठा भएकाले भूकम्पमा आफू मात्र घाईते भएको बताईन । उनले आफू पुरिएको ठाउँमा उखेलेर ल्याएको र अस्पतालमा पुगेपछि होस आएको बताईन । उनलको टाउको र छातीमा बढी चोट छ ।

जाजरकोट भेरी नगरपालिका ३ माथिल्लो थाप्लेका ३५ बर्षिय जगत कुमारी शाहीको भूकम्पले बायाँ खुट्टा भाँचिएको छ । उनको कम्मरका पनि चोट छ । उनले कार्तिक १७ को रातीलाई सम्झिदै भनिन् ‘म एक्लै बस्थे । सुरुमा अलि अलि माटो खस्यो पछि एक्कासी घर भत्कियो र च्यापिए ।

बचाँउ बचाँउ भनि कराए, कराउदा कराउदै आवाज बन्द भयो । पछि म वेहोस भए । नजिकै भएका खेल खेल्न आएका खेलाडिहरु बस्थे उनीहरुले उद्धार गरे र बचाए । उनले आफू बँचे पनि घटना सम्झिदा मन भक्कानिएर आउने गरेको बताईन ।’

यस्तै रुकुम चौरजहारी नाकिरागाउँ की ५० बर्षिय लालसरी सुनार पनि अस्पतालमा उपचरमा छन । उनको घुडा र पेटमा चोट छ । उनले घटनालाई सम्झिन पनि नसक्ने बताईन । पीडाले गहभरी आँसु गर्दै लालसरीले यस्तो कहिलै र कसैलाई नहोस भनिन् ।

रुकुम आठविसकोट नगरपालिका १२ की ठुलीबारकोटकी ४१ बर्षिय कमला परियार पनि अस्पतालमा उपचारमा छन । उनलाई सक्रुवारको कालो दिनले छोडेन । उनको घरमा एउटा छोराको विहे नै त्यही दिन भएको रहेछ । तर विहेको खुसीको आँसु ओभानो नहुदै दुखको आँसु झार्नु पर्यो । उनको बाँया खुट्टा भाँचिएको छ । हिडन,डुल्न कटिन छ । कमलाले घटना सम्झिदा आँखामा रातपरेर आउने बताईन ।


अर्का रुकुम आठविसकोट नगरपालिका १४ बाँकेगाउँकी २८ बर्षिय दिपा विक पनि भूकम्पले घाईते भईन । उनको घरमा छोरा प्रविण,श्रीमान अमृत र अर्का छोरा प्रशान्त गरी ४ जना घाईते भए । अरु सामान्य घाईते भएपनि दिपा भने बढी घाईते छन । उनको पनि घटना सम्झिदा मनभक्कानिने गरेको छ ।

रुकुम सानोभेरी नगरपालिका ४ घरभएका र आठविसकोट नगरापालिका ९ गिजारमा आफन्तको घरमा गएका २२ बर्षिय डायमण्ड चन्द्र पनि भूकम्पमा परि घाईते भए । उनले भने ‘सुतेको थिए । घर एक्कासी भत्कियो । बाहिर आउन सकिन । यताउतबाट मान्छे आएर निकाले र बचे ।’ उनी अहिले घटना सम्झिदा झस्किने गरेका छन ।


अर्का रुकुम सानोभेरी ४ मेघाका ७० वर्षिय कमानचन्द्र पनि घाईते छन । उनको टाउको देखि तल घर भत्किदा च्यापिएछ । उनलाई उठन पनि गाह्रो छ ।


अर्का जाजरकोट भेरी नगरपालिका ३ थाप्लेगाउँका ४५ बर्षिय मेनुका विक पनि घाईते अवस्थामा छन । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । उनको पुरै शरिर च्यापिएकाले बस्न र हिड्न गाह्रो छ । उनको घर भत्किदा श्रीमान जगत वहादुर विक पनि घाईते भए । तर घाईते अवस्थामै बाहिर भागेकाले अरु छिमेकी बोलाएर उद्धार गरेपछि बाँचियो मेनुकाले भनिन् । उनले गहभरी आँसु गर्दै राहत र पूर्नस्थापनाको काममा वास्तविक पीडितहरुले राहत पाउनु पर्ने पनि बताईन ।


अर्का जाजरकोट जुनीचाँदे गाउँपालिकाका विपना रावत पनि घाईते अवस्थामा उपचारमा छन । उनका ८ बर्षिय छोरा सविन रावत पनि घाईते छन । सविनका बुवा हरी वहादुर रावतले दुबैको उपचारमा सघाईरहेका छन । सविनको खुट्टा भाँचिएको छ । विपनाको ढाँडमा चोट छ ।

यस्तै जाजरकोट वारेकोट गाउँपालिका २ लिम्साका १२ बषिर्य सम्पदासिंहको पनि बाँया खुट्टा भाँचिएको छ । उनको अहिले उपचार भइरहेको छ । उनले एक्कासी घर भत्किदा वेहोस भएको र घटना पछि के भयो थाहा नभएको बताईन । प्रायः भूकम्पका सबै घाईतेहरुको पीडा र भनाई उस्तै उस्तै छ । उनीहरु सबैले अब जे जस्तो भएपनि सरकारले राहत र पूर्नस्थापनाको काममा निश्पक्ष र पारदर्शी भएर वास्तविक पीडितलाई सम्वोधन हुने गरेर काम गर्न सुझाव दिएका छन । उनीहरुको पीडा जति लेखे पनि अझै कमै छ ।

उता कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने उपचारमा रहेका विरामीहरु मध्य एक जना विरामी बाहेक सवै खतरामुक्त भएको बताएका छन । उनले अस्पतालमा अहिले सम्म ४४ जना विरामी भर्ना भएको बताए । जसमध्य २२ जनाको उपचार भईरहेको,२० जना डिस्चार्ज भएको र २ जना काठमाडौ रेफर भएको पनि डाक्टर खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।