५ जेष्ठ २०८१, शनिबार

जनपत्रिका मासिक कात्तिक अङक पठनिय –सङ्ग्रहनिय

0

काठमाडौं । गतबर्ष देखि नियमित प्रकाशित हुदै आएको जनपत्रिका मासिकको कात्तिक अङक कवि,लेखक लक्ष्मी प्रसाद देवकोटा विशेष रहेको छ ।

जसमा देवकोटाले सन १९५८ (वि.स २०१५) मा उज्वेकिस्तान,तासकन्द (सोभियत संघ)को अन्र्तराष्ट्रिय सम्मेलनमा अंग्रेजी भाषामा व्यक्त सम्वोधनको अनुवाद मुख्य आकर्षणको रुपमा समावेश छ ।

त्यसैगरी पुराना चाडपर्वको सन्र्दभमा नेकपाका स्थायी समितिहरुको धारणा छ भने भैरहवा,बागलुङ,पोखरा र स्याङजामा भएका एमसीसी विमर्षहरु समावेश छन ।

पूर्वमन्त्री खगेन्द्रजङ गुरुङको अन्तर्वार्ता,देवकोटाको विषयमा राहुत सांस्कृत्यायन (भारतीय) र जनकलाल शर्मा (नेपाली) विद्धानका सनसनीपूर्ण आलेख समावेश छन ।

त्यसैगरी अनिल सीद्धारा लिखित खेम थपलियाको नयाँ कृति ‘कम्युनिष्ट पार्टी संगठन’ को समालोचना समावेश छ । जिल्ला–जिल्लामा कम्युनिष्ट आन्दोलनलाई वाणी प्रदान गर्ने उद्देश्य अनुसार यसपटक इलाम जिल्लाको इतिहास समावेश गरिएको छ ।

यसरी कात्तिक अङक विचारधारात्मक,ज्ञानात्मक,सौन्दर्यात्मक र मूल्यबोधको दृष्टिले महत्पपूर्ण हुने अपेक्षा गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।