४ आश्विन २०८१, शुक्रबार

जाजरकोटको नलगाडबाट महासचिव विप्लवद्वारा भुकम्प पुनर्निर्माणको उद्घाटन

0

जाजरकोट: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाड नगरपालिका १ को चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएको छ ।
भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण गरि उद्घाटन गर्नु भएको हो ।


नलगाडसँगै जाजरकोटका अन्य प्रभावित बस्तीमा पार्टीले पुनर्निर्माण अभियान सञ्चालन गर्ने तयारी भइरहेको जाजरकोटका जिल्ला इन्चार्ज विराजनले बताए ।
पार्टीद्वारा संकलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरि राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरुसँगको छलफलपछि शनिबार बिहान नलगाड आसपासका भुकम्प पिडितहरुसँग भेटघाट गरी यो जटिल अफ्ट्यारोमा आफ्नो पार्टी जनतासँग सँगै भएको बताएका थिए ।

नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले नलगाड गाउँ स्तब्ध छ । सबै घरहरू भत्केका छन् । मृतकका परिवारमा बिचल्ली भएको छ ।

 


भुकम्प पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता यस अगाडिदेखि नै नियमित राहत वितरण, उद्वार, स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियतापूर्वक लागिरहेका छन् । सोही गाउँमा पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी, पिताम्बर सी, मान्यता सी नेतृत्वको मेडिकल टोली जाजरकोटका एकदमै दुर्गम गाउँ बस्तीमा उपचारमा खटिएका छन् ।
जाजरकोटपछि महासचिव विप्लवको केन्द्रीय टोली रुकुम र सल्यान जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।