३ आश्विन २०८१, बिहीबार

अफ्ठ्यारोमा नेपाल कम्युनिष्ट पार्टी जनताको साथमा छः महासचिव विप्लव सी

0

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भूकम्पले जटिल अफ्ठ्यारो बनाएको बेला नेपाल कम्युनिष्ट पार्टी प्रत्येक जनताको साथमा भएको बताएका छन ।

शनिबार विहान भूकम्पले बढी क्षति भएको ठाउँ जाजरकोटको नलगाड नगरपालिकाको चिउरीमा भूकम्प पूनर्निमार्ण अभियानको उद्घाटन गर्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।

महासचिव विप्लवले जनताको दुख सुखमा साथ दिन आफू सहित आफ्नो पार्टीका प्रवक्ता,सयौ नेता तथा कार्यकर्ताहरु राहत वितरण तथा उद्धार कार्यमा निरन्तर लागि रहेको बताए ।

उनले भूकम्पमा परी घाईते भएका नागरिकहरुको उपचारको लागि पार्टीले डाक्टरहरु सहित खटाएर नगलगाडका विकट बस्तीहरुमा पनि भूकम्पका घाईतेहरुको उपचार गरिरहेको जानकारी दिए । महासचिव विप्लवले भने ‘हामी जनताको साथमा छौ । यो जनताको पार्टी हो । जनताको सुख र दुखमा संधै साथमा हुनेछ ।’

महासचिव विप्लवले भूकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माणका लागि घरको जग खनेर उद्घाटन गरे । उद्घाटनका समयमा महासचिव विप्लवसंगै पार्टी प्रवक्ता प्रकाण्ड सीको पनि सहभागिता रहेको थियो ।

सुक्रवार दिउसो कपिलवस्तुबाट कोहलपुर हुदै जाजरकोट पुगेका महासचिव विप्लव सहितको टिम साँझ जाजरकोट सदरमुकाम खलंगा हुदै नलगाड पुगेको थियो ।

पार्टीले संकलन गरेको राहत सामग्री शुक्रबार साँझ नै जाजरकोट सदरमुकाममा महासचिव विप्लवले जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै भूकम्प पीडितलाई तत्काल वितरण गर्न आग्रह गरे ।  सदरमुकाम खलंगामा महासचिव विप्लवसंग जाजरकोटका सांसद शक्तिबहादुर वस्नेत,प्रमुख जिल्ला अधिकारी सहितको टिमले समेत भेट गरेको थियो ।

कात्तिक १७ गते राती ११ः४७ बजे रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको थियो । त्यसमध्य नलगाड गाउँमा मात्र १३ जनाको भूकम्पमा परी मृत्यु भएको छ ।

सोही ठाउँको दुर्गम गाउँ गाउँमा पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी नेतृत्वको मेडिकल टोली उपचारमा खटिएको छ ।

जाजरकोट पछि महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड सहितको केन्द्रीय टोली रुकुम र सल्यान जिल्लामा पुग्ने कार्यक्रम पनि रहेको नेकपा निकट श्रोतले जनाइएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।