२५ पुष २०८१, बिहीबार

जाजरकोटका भुकम्प पीडितलाई प्रशासनमा राहत बुझाई विप्लव पुगे नलगाडको भुकम्पपीडित बस्ती

0

जाजरकोट: नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी शुक्रबार साझ जाजरकोट जिल्ला सदरमुकाम खंलङ्गा पुगेका छन् ।
भुकम्प पिडितका लागि सञ्चालित राहत अभियानमा संकलित राहत सामग्री लिएर महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड शुक्रबार साझ जाजरकोट पुगेका हुन । जाजरकोट खलंगामा सञ्चालित जिल्ला प्रशासन कार्यलयको जिल्ला विपद् व्यवस्थापन समितिलाई महासचिव विप्लव सी र प्रवक्ता  प्रकाण्ड सीले राहत सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा नेपाल सरकारका जलस्रोत तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाल प्रहरीका प्रमुख सन्तोष रोका, सशस्त्र प्रहरी बलका प्रमुख विकास थापा लगाएत पार्टी र स्थानीय जनप्रतिनिधिका बिचमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
राहत वितरणपछि विप्लवले जनताका समस्यालाई मध्यनजर गर्दै राहत वितरण प्रभावकारी बनाउन ज‍ोड गरेका थिए । राहत वितरण, घाइतेको उपचार र पुनर्निर्माणमा आफ्नो पार्टी प्रशासनसँगै रहेको भन्दै त्यसलाई थप व्यवस्थित बनाउन प्रशासनलाई ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रमुख जिल्ला अधिकारी सुनारले पार्टीको सहयोगलाई आभार व्यक्त गरेका थिए । तपाईंका जिल्ला पार्टीका साथीहरूले राहत र आधारभूत पुनर्निर्माणमा महत्त्वपूर्ण सहयोग गर्नुभएको छ, धन्यवाद छ भन्दै सहयोगका लागि आभार व्यक्त गरेका थिए ।


राहत वितरणपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड नलगाड नगरपालिका वडा नम्बर १ चिउरीटोलका भुकम्प पिडित बस्तीमा पुग्नु भएको छ । जुन टोलमा भुकम्पले १३ जनाको ज्यान गएको थियोे । उक्त क्षेत्रमा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश सीको नेतृत्वमा स्वास्थ अभियान सञ्चालन गरिरहेका छन् ।
विप्लवले चिउरी बस्तीका पिडित स्थानीयसँग कुराकानी गर्दै दु:खमा आफ्नो पार्टी सँगै रहेको बताए । शनिबार महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड रुकुम तथा सल्यानका प्रभावित बस्ती जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।