३ जेष्ठ २०८१, बिहीबार

समृद्ध हुँदैछ सहिद कुञ्ज

0

           सहिद कुञ्जका अध्यक्ष खिमलाल पाण्डे

 

रुपन्देही जिल्ला, तिलोत्तमा नपा–१मा रहेको शङ्करनगर वन–बाटिकामा २०६५ सालमा ‘सहिद कुञ्ज–२०६५’ स्थापना भएको थियो । यो स्मारक सोही स्थानमा रहेको ‘शङ्करनगर वन–विहार तथा अनुसन्धान केन्द्र–२०६२’ जनबोलीमा ‘शङ्करनगर वन–बाटिका’ अन्तर्गत रहेको सहिद स्मारक समितिका अध्यक्ष खिमलाल पाण्डे बताउँछन् । सो वन–बाटिका अन्तर्गत पुष्पलाल कुञ्ज–२०६५, विपी बाटिका–२०६६, लखन थापा सङ्ग्राहलय, गुरु सुकदेव सहिद कुञ्ज, थारु संस्कृति सङ्ग्राहलय रहेका छन् । नेपाली समाजको विविधतालाई समेटेको यो वन–बाटिकामा सधैं भीडभाड हुनेगर्छ । जहाँ चिडियाखाना, प्राणी उद्यान, वनभोज स्थल, बाल–उद्यान, दृश्य–धरहरा, बाल–रेल, डिजिटल पुस्तकालय, साँस्कृतिक प्रदर्शनी कक्ष आदि रहेका छन् ।

 
नेकपाकी स्थायी समिति सदस्य तथा तत्कालीन सभासद् उमा भुजेलले संसद विकास कोषबाट रु। ३ लाख रुपैयाँ प्रदान गर्नु भएपछि सहिद स्मारकको काम शुरुभएको सहिद कुञ्जका अध्यक्ष खिमलाल पाण्डे बताउँछन् । सांसद भुजेल आफै पनि सहिद परिवार हुन् ।

सहिद कुञ्ज ३ हेक्टर ९ झण्डै ४ बिघा १० कठ्ठा० क्षेत्रफलमा रहेको छ । यसभित्र वासु–स्मृति पुस्तकालय र सहिद स्मृति सभाकक्ष रहेको छ । २०५७ सालमा गोरखामा नेकपा (माओवादी) का वैकल्पिक राजनीतिक समिति सदस्य (पिबिएम) वासु र उमा भजेलकी साथीसमेत रहेका भीमसेनको सामुहिक हत्या भएको थियो । यी संरचनाले उहाँहरूको सम्मान र स्मृतिलाई ताजा बनाइरहेको त्यहाँ पुग्ने हरेकले अनुभूति गर्नसक्छ । त्यसैगरी कुञ्ज, सहिद स्तम्भ, सहयात्रा साँस्कृतिक पोशाक–घर, पोखरी, जलक्रिडा–स्थल, जनमुक्ति सेनाद्वारा निर्मित आकासे साँघु, यात्रु प्रतिक्षालय, स्वागत द्वार, विवाह मण्डप रहेका छन् ।
नेकपामाथि ओली–प्रचण्ड सरकारले प्रतिबन्ध लगाएपछि स्याहार–सम्भारको अभावमा ४ तले काठे धरहरा जिर्ण भएको र भत्केको छ । हाल त्यसको संरक्षण भइरहेको छ र त्यहाँ जनताको दैनिक प्रवेश बढ्दो छ ।
नेता शिलुले दोस्रो वर्ष पुनः रु। ५ लाख रकम प्रदान गरेपछि जनार्दन शर्माले रु। १ लाख, बालकृष्ण खाँडले रु। ५ लाख र जिविस रुपन्देहीले रु। ३ लाख प्रदान गरेको वन–बाटिकाका उपाध्यक्षसमेत रहेका पाण्डे बताउँछन् । वन–बाटिका ५१।३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सो सहिद स्मारकका संस्थापक संरक्षक नेकपाका राजनीतिक समिति सदस्य (पिबिएम) तथा लुम्बिनी ब्यूरो इञ्चार्ज वसन्त श्रेष्ठ रहेका छन् ।

 सहिद स्मृति कुञ्ज, संस्थापक संरक्षक बसन्त श्रेष्ठ

सहिद कुञ्जको सन्दर्भमा वसन्त श्रेष्ठ भन्छन्, “स्तम्भको चारैतिर सँगमरमरमा महान् सहिदहरूको नाम र ठेगाना अङ्कित गरिएका छन् । जसमा यो क्षेत्रकै सहिद चोकबहादुर गुरुङ, पञ्चायती व्यवस्थाको आक्रमणमा रुपन्देही जिल्ला सुरजपुराका सहिदहरू यादवनाथ आलोक, रामप्रसाद चौधरी, २०४६ सालको जनआन्दोलनका सहिद दिलिप श्रेष्ठ, नवराज थापा र महान् जनयुद्धका क्रममा सहादत प्राप्त तत्कालीन नेकपा (माओवादी) का रुपन्देही जिल्ला ईन्चार्ज केशव रिमाल (समर) चितवन, सचिव डि।बि। थापा, कपिलवस्तु जिल्लामा सहिद भएका र रुपन्देहीबाट अन्य जिल्लामा क्रियाशील हुँदा सहिद भएका सबैको सङ्क्षिप्त विवरण समावेश भएको छ ।”

       सहिद स्मृति सभा भवन, शङ्करनगर

नेकपामाथि प्रतिबन्ध लगाएको कारण दर्ता रुजु नगरिएको सो कुन्ज पुनः दर्तागरी संरक्षण र विकास भइरहेको छ । यसलाई सबैको आन्तरिक पर्यटकको गन्तव्य बनाउने प्रयास भइरहेको नेकपाका केन्द्रीय सदस्य सरद वली र रुपन्देही सचिव वीरेन्द्रले बताए ।

स्रोत: जनपत्रिका मासिक छैठौँ अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।