धिरज सी
रूद्रसेन, मणिमुकुन्द सेनदेखि शाह वंशीयकाल र भिमसेन थापाको शासनकालीन कर्णेल उजिरसिंह थापाको राष्ट्रिय मुक्ति युद्धको बेला फलामे किल्ला बनेको पाल्पा गांैडासम्म, पाल्पा गौंडादेखि आधुनिक युगका राजा महेन्द्र–वीरेन्द्रसम्मको शासनकालमा पाल्पा जिल्लासम्म आउँदा यो जिल्ला राजनीतिक र सामारिक केन्द्रको रूपमा विकास भएको देखिन्छ । नेपाल कम्युनिस्ट पार्टीको इतिहास विभिन्न आरोह अवरोहसँगै २००६ सालको कम्युनिस्ट पार्टी निर्माणका साथै सस्थाका सस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्क स्थापित गरी मृगेन्द्रध्वज जोसी, चिनियालाल बज्राचार्य र पूर्णमान थैब गरी ३ जनाको सेल कमिटि गठन भएको देखिन्छ ।
२००८ सालको प्रारम्भमै ने. क. पा.को सङ्गठन विस्तार गर्ने केन्द्रीय योजना अनुसार पाल्पा तानसेनमा राधाप्रसाद घिमिरे, कमलराज रेग्मी, चिनियालाल बज्राचार्य, त्रिरत्न बज्राचार्य, बुद्धरत्न बज्राचार्य, पूर्णमान थैब, लक्ष्मीप्रसाद श्रेष्ठ र ठाकुरप्रसाद थान्जु रहेको प्रान्तीय कमिटि निर्माण गरी केन्द्रविन्दु पाल्पा मानी काम अगाडी बढाएको देखिन्छ । २००८ सालको भदौ महिनामा कमलराज रेग्मीको नेतृत्वमा बुद्धराज मलेगो, हरि सुमेरू, त्रिरत्न बज्राचार्य गुणाखर भट्टराई वासुदेव नेपाल र जगतबहादुर जोसी रहेको पाल्पा जिल्ला समिति गठन भएको देखियो । पछि २००८ सालतिर कर्णाली प्रान्तीय कमिटिलाई पुनर्गठन गरी प्युठान, रूपन्देही र पाल्पालाई पश्चिम गण्डक प्रान्तीय कमिटि निर्माण गरी कमिटिको सेक्रेटरी केशरजङ्ग रायमाझीको नेतृत्वमा कमलराज रेग्मी, बि. आर. राई र रघुनाथ रायसमेत गरी कमिटिमा रहेको पाइन्छ ।
२०११ सालमा मंसिरमा पाल्पा जिल्ला समिति पुनर्गठन भयो र जसको सेक्रेटरी बि. आर. राई र सदस्यहरू जगतबहादुर जोसी, टकबहादुर कार्की, वासुदेव नेपाल, हरि सुमेरु, बुद्धराज मलेगो, त्रिरत्न बज्राचार्य र रितमान राना रहेको पाइयो । २०१३ सालमा ने. क. पा.माथिको प्रतिबन्ध हटेपछि २०१३ सालको श्रावण २४देखि २६मा पाल्पा जिल्लाको प्रथम सम्मेलन भएको देखियो । जसको सेक्रटरी कमलराज रेग्मी भएको पाइन्छ । फलस्वरूप पाल्पाली धर्ती कम्युनिस्टको उर्वर भूमिमा परिणत भयो । २०१५ सालको प्रथम आम चुनावमा पाल्पालाई दुई निर्वाचन क्षेत्रमा बाँडिएको थियो । जस अनुसार पूर्वी क्षेत्र निर्वाचन क्षेत्र नं. ८४ बाट ने. क. पा.को उमेद्वार कमलराज रेग्मीले ६,५६३ मत प्राप्त गरी देशभरीमा पार्टीले जितेको जम्मा ४ सिटमध्ये एक सिट पाल्पाबाट जिती कमलराज रेग्मी विजयी भए ।
२०१७मा जिल्ला पार्टी पुनर्गठन गरी सेक्रटरीमा प्रेमप्रसाद नेपाल रहनुभयो । २०१७ सालमा राजा महेन्द्रबाट जननिर्वाचित संसद भंग गरी राजनैतिक पार्टीमाथी प्रतिबन्ध गरेपछि सांसद कमलराज रेग्मी र सचिव प्रेमप्रसाद नेपाल जेल परे । यस घटनापछि पार्टी सङ्गठन हेरफेर गर्नुपर्ने विशिष्ट अवस्थामा बि. आर. राई सचिव रहेको १७ सदस्यीय पाल्पा जिल्ला कमिटि निर्माण भएको देखिन्छ । भूमिगत अवस्थामा पार्टि सञ्चालन गर्न कठिन भएको अवस्थामै पार्टीका महासचिव डा. केशरजङ्ग रायमाझी, सांसद कमलराज रेग्मी पाल्पा जिल्ला पूर्वसचिव प्रेमप्रकाश नेपालसहित कतिपय पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले कायरतापूर्वक ने. क. पा. नै दरबारभित्र छिराएर पलायन भइसकेपछि यो घटनाले पाल्पा जिल्लाको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाएको देखियो । २०२५ सालतिर पार्टीको नयाँ जनवादी कार्यनीति आएपछि २०२७ सालमा दुर्गाप्रसाद खनाल सेक्रेटरी रहेको सात सदस्यीय समिति पुनर्गठन भयो ।
२०३१मा यमप्रसाद पाण्डेको नेतृत्वमा पार्टी पुनर्गठन भएको देखिन्छ । तत्कालीन अवस्थामा केन्द्रीय पार्टीलाई क्रान्तिकारी धारमा लैजान नसकेको आरोप र झापा विद्रोहको बेला, २०३३ सालमा मोदनाथ प्रश्रित, जीवराज आश्रित, सिद्धिनाथ ज्ञवाली, देवेन्द्र घिमिरे नामका नेताहरू मिलेर मुक्ति–मोर्चा समुह र नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटि एकीकृत गठन गरियो । त्यसपछि पाल्पामा पश्चिमबाट सङ्गठन पुनर्गठन हँुदै आयो भने पूर्वमा माक्र्सवादीले सङ्गठन मजबुत बनायो । इतिहासबाट थाहा हुन्छ कि पाल्पा जिल्ला कम्युनिस्टको जेठो जिल्ला हो भनेर किनकि २०१३मा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनमा डा. केशरजंग रायमाझीदेखि सांसद कमलराज रेग्मी पाल्पाकै थिए । २०३१मा पार्टीको चौथो महाधिवेसन महामन्त्री निर्मल लामादेखि ने. क. पा मसालको २०४९मा सम्पन्न पाँचौं महाधिवेसन र यसको महामन्त्री क. मोहन वैद्य ‘किरण’को नेतृत्वको ने. क. पा. (मशाल)को सङ्गठनात्मक प्रभाव विस्तार भने कमजोर देखिन्छ । २०४२–२०४३ तिर ने.क.पा. (मशाल)को सङ्गठन विस्तार कार्य वामबुद्धिजीवी माधव ज्ञवालीको नेतृत्वमा भएको पाइन्छ भने २०४६–२०४७ तिर डा. कर्णबहादुर बानियाको नेतृत्वमा ने. क .पा (मशाल) भुमिगत रूपमा गठन भएको देखियो । २०४८देखि २०५१ तिर गोर्वद्धन गौलीको नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल पाल्पामा गठन भई सक्रिय रूपमा क्रियाशील भएको थियो । २०५१को प्रथम राष्ट्रिय सम्मेलनले जनयुद्धको अन्तिम तयारीमा जुट्ने निर्णय गर्दै पार्टि भित्रका अवसरवादी गुटमाथी निर्मम कारवाही गरी जनयुद्धमा जाने स्पष्ट क्रान्तिकारी विचारका साथ पार्टीको नाम ने. क. पा. (माओवादी) नामाकरण गरी जनयुद्धको तयारीमा जुटिरहेको अवस्थामा पाल्पा जिल्ला भने स्वयत्त पार्टी सङ्गठन नभई खण्डित कमाण्ड रह्यो । सामान्यतः ताहु गा. वि. स.देखि पूर्वतिर सम्पूर्ण भूभाग स्याङ्जा जिल्लाबाट र ताहुदेखि पश्चिमी सम्पूर्ण भूभाग रूपन्देही जिल्लाबाट हेरिन्थ्यो । २०५२ साल फाल्गुन १ गतेबाट जनयुद्धको विधिवत् घोषणा भएयता पाल्पा जिल्ला स्वयत्त जिल्लाको रूपमा २०५४को पौषमा क. प्रखर (अनुकुल)को नेतृत्वमा नौ सदस्यीय जिल्ला समिति गठन भयो । जसको सदस्यहरूमा चुनु गुरूङ, केवल गाहा, नारायण तारूङ, सुर्यबहादुर थापा (क. सलिन), तुलाराम घर्ति (क. वसन्त), राजु पौडेल, विनोद पोखरेल र शान्ति बि. क. रहनुभयो । २०५६मा कुशल प्रधानलाई सेक्रेटरीमा खटाइयो । २०५८को सुरूमै क. कुमारलाई पाल्पाको सेक्रेटरीमा खटाइयो ।
२०५८ सालमा क. सिजललाई सेक्रेटरीमा खटाइयो । २०५८ मंसिरमा क्षेत्रिय ब्युरोको नयाँ संरचनाले जिल्लामा हुने निर्णयसँगै पाल्पामा ईन्चार्ज क. सिजल, सेक्रेटरी क. वसन्त हुनुभयो । २०६०मा सिजल ईन्चार्ज र क. आस्था सेक्रेटरी रहुनभयो । २०६१मा वसन्त शर्मा (क. कुशल) आस्था सेक्रेटरी रहनुभयो । २०६२ मै सिजल ईन्चार्ज र क. विलय सेक्रेटरी रहुनभयो । २०६२ मै पुनः सिजल ईन्चार्ज र नेत्र पाण्डे सेक्रेटरी हुनुभयो । २०६४ मा क. ठुल्दाइ ईन्चार्ज क. क्षितीज सेक्रेटरी हुनभयो । २०६४ मा नै क. ठुल्दाइ ईन्चार्ज, नेत्र पाण्डे सेक्रेटरी रहनुभयो । २०६६ मा पुनः कुशल ईन्चार्ज, क. नेत्र पाण्डे सेक्रेटरी रहनुभयो । यसबिचमा पार्टिभित्र ठूलो मात्रामा प्रचण्ड नेतृत्वसहित बिसर्जनवादमा पतन भएपछि पाल्पा जिल्लामा क. वसन्त ईन्चार्ज र क. प्रसान्त सेक्रेटरी रहने गरी ने. क. पा. (माओवादी) पार्टी निर्माण भयो । पार्टीको केन्द्रीय नितिअनुसार २०७० भदौमा मगराँत राज्य समितिको तदर्थ बैठकबाट केन्द्रीय सदस्यको अधिनस्तमा रहने गरी क. धिरज जिल्ला ईन्चार्ज र क. प्रशान्त सेक्रेटरी रहेको जिल्ला सङ्गठन समिति निर्माण गरियो । २०७०मा पाल्पा जिल्लाको दोस्रो जिल्ला सम्मेलन पछि सेक्रेटरी क. वसन्तको नेतृत्वमा ने. क. पा. (माओवादी)को गठन भयो । समयको रफ्तारसँगै पार्टीको नेता मोहन वैद्यसँगै बादल, सि. पि. गजुरेल, देव गुरूङ लगायतका नेताहरू अकर्मण्यतामा फसेपछि पार्टीको मूल कार्यदिशामा धक्का पुग्नु स्वभाविकै थियो । जसबेला तत्कालीन पार्टीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दको चतु¥याई र प्रभावशालिताबाट ने. क. पा. (माओवादी)बाट विद्रोह गरी ने. क. पा.–माओवादी पार्टी सङ्गठन निर्माण गरियो । त्यसपश्चात् पाल्पा जिल्लामा २०७१ मंसिर २७ गते दोभानमा बसेको बैठकबाट क. लिला सोमैको सेक्रेटरीमा ३५ सदस्यीय ने. क. पा. (माओवादी) पुनर्गठन भयो । छोटो समयको अवधिमा लुम्बिनी ब्यूरोको बैठकपछि मिति २०७२ श्रावण ८ गते लुम्बिनी ब्यूरोको निर्णयअनुसार पाल्पा जिल्लामा क. धिरजलाई सेक्रेटरीमा खटाइयो । त्यसै अन्तर्गत आज हामी जिल्लाको तेस्रो जिल्ला सम्मेलनमा सहभागी भइरहेका छौं ।
स्रोत: जनपत्रिका मासिक छैठौँ अंक