देवनारायण साह
जनवादी केन्द्रीयताको अर्थ नेतृत्वको केन्द्रीयता तथा अनुशासनलाई कायम राख्नुको साथसाथै पार्टी आफ्ना सदस्यहरूको पहलकदमीमा निरन्तर विकास गरिरहन्छ । यसविना पार्टी क्रान्तिकारी बन्न सक्दैन । श्रमिक वर्गको वर्गसंघर्षको नेतृत्व गर्न सक्दैन, न नयाँ समाजको निर्माण हुनसक्छ । अनुशासनविना एकतावद्ध केन्द्रिकृत पार्टीको कल्पना गर्न सकिंदैन । सङ्गठन र अनुशासनबिच घनिस्ट सम्बन्ध हुन्छ । कडा अनुशासनविना श्रमिक सङ्गठन असम्भव हुन्छ । श्रमिकको पार्टीमा अनुशासन कस्तो हुनुपर्छ, त्यो थाहापाउन लेनिनले सन् १९०३मा भन्नुभएको थियो कि वादविवाद र आलोचनाको स्वतन्त्रताको सँगसँगै त्यसमा कार्यसम्बन्धी एकता पनि हुनुपर्छ । एक पल्ट निणय भइसकेपछि सम्पूर्ण सदस्यहरूका लागि त्यो अनिवार्य भइहाल्छ कि त्यो एउटै मानिसको जस्तै काम गरोस् । पार्टीको सही एकता मात्र विचारधारात्मक एकता हुँदैन बरु यस्तो साङ्गठनिक एकता पनि हुन्छ जसको अन्तर्गत उसको सम्पूर्ण सदस्यहरुले अनुशासन मान्नुपर्छ । पार्टी कुनै यस्तो राजनीतिक सङ्गठन होइन जुन सम्पूर्ण जनतादेखि अलग होस् । त्यो आम जनसमुदायको अग्रदस्ताको मुर्त रुप हो । श्रमिक वर्गको सँगसँगै सम्पूर्ण श्रमिक जनतासँग पार्टीको घनिष्ट सम्बन्ध हुन्छ र यस सम्बन्धलाई निरन्तर रुपमा राम्रोसँग ध्यान दिइरहन्छ ता कि उसलाई निरन्तर बढाउन र बलियो बनाउन सकियोस् । पार्टीले आफ्नो नीति बनाउने बेला तथा आफ्नो सम्पूर्ण गतिविधिहरुमा यस समझदारीको आधारमा काम गर्छ कि श्रमिक जनता नै इतिहासको वास्तविक निर्माता हो, सामाजिक विकासको त्यो एक शक्ति हो । पार्टीको नजरमा जनताको विश्वास र समर्थनभन्दा बढी मुल्यवान कुनै चिज हुँदैन पार्टीको शक्तिको आधार यदि जनतासँग उसको सम्बन्ध हुन्छ भने त्यो जनताको शक्तिको आधार पार्टीको नेतृत्व हुन्छ । गैरपार्टीहरुसँग आफ्नो सम्बन्ध बढाउन र सुदृढ गर्नका लागि चिन्तन गर्नु जनताको विश्वासलाई आदर गर्नु यस्तो हरेक किसिमको सङ्किर्णतावादको विरुद्ध जुन पार्टीले जनतासँग बेग्लाबेग्लै गरी त्यो दृढतापूर्वक संघर्ष गर्नु र साथसाथै पार्टीले जनतालाई समाहित गरिदिने चाहनाको विरुद्ध जमेर मोर्चा बनाउने भावना पार्टीभित्र यस समझदारीबाट जन्म हुन्छ । जनताको शक्तिशालि दस्ताको रूपमा पार्टीको यो कर्तव्य हुन्छ कि उसले जनसमुदायको हितको अभिव्यक्ति गर्दै उसलाई सङ्गठन गर्न सिकाउनु र सचेत वर्गीय राजनीतिको बाटोमा जनसमुदायको समस्त गतिविधिहरुलाई डो¥याउँदै उसलाई प्रशिक्षित गरोस् । पार्टीको लागि अर्थात् सम्पूर्ण कम्युनिस्टको लागि यो आवश्यक छ कि श्रमजीवी जनताको बिच त्यो निरन्तर विचारधारात्मक शिक्षात्मक कार्य गरोस्, उसको मनस्थितिलाई ध्यान देओस्, उसमाथि ध्यान देओस्, उसको पहलकदमीलाई विकसित गरोस् र नियमित रुपले उसँग काम गरोस् जसले गर्दा प्रत्येक पाइलामा यस कुरालाई जाँचपड्ताल गरिरहोस कि उसँग पार्टीको सम्बन्ध नजिक भएको छ र जसबाट यस कुराको पनि अनुमान लगाइरहोस कि उसँग पार्टीको सम्बन्ध कति बलियो छ । पार्टी नेतृत्वको काम राजनीतिक र सङ्गठनात्मक कार्यलाई पुरा गर्नु पर्दछ । प्रशासकीय कार्यलाई होइन । जुन कम्युनिस्टले हजारौ मानिसको व्यवहारिक अनुभवबाट लाभ उठाउने क्षमता राख्न सक्दैन, त्यो कुनै कामको हँुदैन । जननेताको रुपमा कुनै पार्टी सदस्यको प्रतिष्ठा र प्रभाव सिधै व्यक्तिगत आदर्शमाथि निर्भर गर्दछ जुन आफ्नो कामको सम्बन्धमा त्यसले प्रस्तुत गर्दछ त्यो त्यस मात्रामाथि पनि निर्भर गर्दछ जसमा जनतालाई सङ्गठित गर्नु तथा उसको आवश्यकता प्रति संवेदनशील देखाउने क्षमता प्रदर्शित गर्दछ । जस्तो कि भनाई छ एउटा राम्रो उदाहरण हजारौं कुराभन्दा राम्रो हुन्छ । श्रमिक वर्गले विभिन्न किसिमको संस्थाहरु स्थापना गर्दछ, मजदुर सहकारी युवा संघ तथा साँस्कृतिक सङ्गठन इत्यादि । त्यो सबैको नेतृत्व गर्नु, सही राजनीतिको आधारमा गर्नका लागि उसलाई सहायता गर्नु तथा त्यसको गतिविधिहरुको जिम्मेवारी पार्टीमाथि हुन्छ । यस सङ्गठनको नेतृव गर्नु पार्टीको कर्तव्य हुन्छ किनकि पार्टी नै श्रमिकको सबभन्दा बढि सैद्धान्तिक र सर्वोच्च सङ्गठन हो र श्रमिक वर्ग तथा समस्त श्रमजीवी जनताको सबभन्दा बढी उन्नत र सबभन्दा बढी सचेत प्रतिनिधि त्यसैको पंक्तिभित्र हुन्छ । राजनीतिक नेतृत्व गर्नु एउटा विज्ञान हो र कला पनि । त्यो अत्याधिक दक्षताको संघर्षको चाँडै योजना बनाउने र परिवर्तन गर्ने क्षमताले मात्र गर्दछ । त्यसैले राजनीतिक नेताको भूमिकाले श्रमिकको सङ्गठनको सर्वोच्च स्वरूपको हैसियतलाई पूरा गर्नसक्छ ।
स्राेत: जनपत्रिका छैटौं अङ्क