२६ पुष २०८१, शुक्रबार

१० औं पार्टी पूनर्गठन दिवसका अवसरमा ३ नम्वर जिल्ला काठमाडौद्धारा प्रचार प्रसार

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको १० औं बार्षिकोत्सवको अवसरमा नेकपा काठमाडौं ३ नम्वर जिल्लाले विभिन्न ठाउँमा प्रचार प्रसार गरेको छ ।  जिल्लाको सितापाईला,कलंकी लगायतका ठाउँहरुमा पार्टी पूनर्गठन दिवसका अवसरमा शुभकामना व्यानर लेखेर टाँस्ने काम भएको हो ।
प्रचण्ड नेतृत्वमा भएको तत्कालिन नेकपा माओवादीको एक हिस्सा संसदवादमा छिर्न खोजिरेहेको बेला मोहन वैद्य र विप्लवको अगुवाईमा नेकपा –माओवादी बनेकोे थियो ।

करिब अढाई बर्ष वैद्यसंग रहेर काम गरेका विप्लवले त्यहाँबाट पनि क्रान्ति नहुने सम्भावना देखेर आफ्नो नेतृत्वमा २०६९ साल मंसिर ८ गते नेकपा पूनर्गठन गरेका थिए ।

जनयुद्धबाट आएको माओवादीको ठुलो हिस्सा संसदवादमा छिरेपनि विप्लवको नेतृत्वमा नेपालमा श्रमजीवी जनताको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिष्ट पार्टीको पूनर्गठन भएको हो ।

यो पार्टी पूनर्गठन भएको यही मंसिर ८ गते ९ वर्ष पुरा भएर १० औं बर्ष प्रवेश गर्दैछ । पार्टी पूनर्गठनका अवसरमा साता व्यापी नेकपाले देशभर प्रचार प्रचार,जनसभा,दिपावली लगायतका विभिन्न कार्यक्रम गरिरहेको छ । सोही क्रममा नेकपा काठमाडौं ३ नम्वर जिल्लाले प्रचार प्रसारको काम गरेको डिआर सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।