२१ बैशाख २०८१, शुक्रबार

पोखरा महानगरपालिकाले सुकुम्बासी बस्तीकाे उठिबास लगाएको घटनाप्रति नेकपा कास्की द्वारा घोर भत्सना

समाजवादको नारा लगाएर गरिखाने वर्गमाथिको प्रहार अक्षम्य अपराध

0

साउन ३, पोखरा। कास्कीको पोखरा महानगरपालिकाले महानगरको वडा नम्बर ३३ पिप्लेमा रहेका करिव ३० घर परिवारहरुको टहरा भत्काइ सम्वेदना हिन र अमानवीय काम गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कास्कीले घोर भत्सना गरेको छ ।

सोमबार नेकपा कास्कीका सेक्रेटरी काजिले एक बिज्ञप्ति जारी गर्दै महानगरको निर्णय र कार्यको घोर भत्सना गर्नु भएको हो । सेक्रेटरी काजिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पोखरा महानगरपालिकाको ३३ पिप्लेमा अवस्थित करिव ३० घर रहेको सुकुम्बासी वस्तिमा वल प्रयोग गरि महिला तथा वालबालिकाहरुलाई दुर्ववहार गर्दै नागरिक प्रतिको सामान्य दायित्व र सम्वेदनालाई समेत भुली सुकुम्बासीहरुको टहरा भत्काएको घटना प्रती हामी घोर भत्सर्ना गर्दछौं ।

भु-माफियाहरुले हजारौं रोपनी जमिन हडप्दा नदेख्ने, सार्वजनिक जग्गा निजि कम्पनीलाई भाडामा दिएकोमा मौन रहने र सुकुम्बासीको वैकल्पिक व्यवस्था नगरी राज्य आतंक मच्चाउनु शङ्कास्पद छ। सम्मानपुर्वक वाच्न पाउने र आवासको अधिकार सुनिस्चित गरिने भनेर मौलिक अधिकारको रुपमा समेत उल्लेख भएको वेला यसप्रकारको घटना घट्नु गरिव नागरिक प्रतिको अक्षम्य अपराध हो।

यस्तै बिज्ञप्तिको अन्तमा भनिएको छ, सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था गर्न र उनिहरुलाई पुनर्स्थापना गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गर्दछौ। साथै वुद्दिजिवी,पत्रकार,मानव अधिकार कर्मी र राजनितीक दलहरुलाइ सहयोग र सहकार्यका निम्ति अनुरोध गर्दछौ।

विज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।