बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कणाली व्यूरोको विशेष बैठक शनिबार देखि बाँकेको कोहलपुरमा जारी छ । ब्यूरो इन्चार्ज संगम सीको अध्यक्षतामा जारी बैठकमा नेकपाका स्थायी समिति सदस्य संन्तोस सीको प्रमुख आतिथ्यता रहेको छ ।
शनिबारको बैठकमा ब्यूरो सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरेका छन । रिपोर्टमाथि उठेका विषय र तत्कालिन राजनीतिक परिस्थितिको बारे स्थायी समितिका सदस्य सन्तोस सीले छलफल गर्दै अहिलेको राजनीतिक संकटको निकास समाजवाद भएको बताएका छन ।
उनले दक्षिण कर्णाली ब्यूरोले एकीकृत जनक्रान्तिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै समाजवादी क्रान्ति पुरा गर्ने अभियानमा लाग्न निर्देशन दिए ।
बैठक आईतवार विहान १० बजेबाट पुन सुरु हुदैछ । आजको बैठकमा पार्टीको दुई महिने योजनाको बारे ठोश निर्णय हुने ब्यूरो इन्चार्ज संगम सीले जानकारी दिएका छन ।