४ जेष्ठ २०८१, शुक्रबार

नेकपा सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहन्छ : अनिल सी

0

नेकपाका स्थायी समिति सदस्य अनिल सीले आफ्नाे पार्टीले सच्चा लाेकतन्त्रवादी शक्तिसँग सहकार्य गर्न चाहेकाे खुलासा गरेका छन् ।
उनलेे गैरकम्युनिस्ट पार्टीभित्र फासीवाद र प्रतिगमन विरुद्ध तथा विदेशी हस्तक्षेप विरुद्ध लड्ने धार वा प्रवृत्ति रहेको छ । उनीहरू पनि दलाल पुजीवादीबाट शाेषण-उत्पीडनमा परेको बताएका छन् । चितवन, पर्सा बजारस्थित भवानी शंकर बहुमुखी क्याम्पसमा शनिबार भएकाे पश्चिम नारायणी ब्युराेका ६ जिल्लाका जिल्ला सदस्यहरुकाे संयुक्त राजनीतिक-वैचारिक प्रशिक्षणमा प्रमुख अतिथिकाे रुपमा प्रशिक्षण दिदै उनलेे उक्त कुरा बताएका हुन् ।


कार्यक्रममा उत्पादन विभाग सदस्य तथा पिविएम सन्देश सीले अर्थनीति सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रम पिविएम तथा पश्चिम नारायणी ब्युरोका इन्चार्ज एटम सीकाे अध्यक्षता, पूर्वी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य उत्सव सीकाे सन्चालन र मकवानपुर जिल्ला इन्चार्ज वाटरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे अन्तिममा सहभागीहरुबिच अन्तरक्रियासमेत भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।