६ जेष्ठ २०८१, आईतवार

युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न, सङ्गठनात्मक अभियान सञ्चालन गर्ने

0

९ श्रावण संवाददाता पृथ्वी लुहार धनगढी: युवा संगठन नेपाल सुदुरपश्चिम प्रदेशको चौथो बैठक सम्पन्न भएको छ।संगठनका सुदुरपश्चिम प्रदेश इन्चार्ज श्याम भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क. प्रमुख अतिथि रहेका थिए भने नेपाल कम्युनिष्ट पार्टीका डडेल्धुरा सेक्रेटरी विजय,डोटी सेक्रेटरी बिमल धामी विशिष्ट अतिथि रहेका थिए। बैठकले नेपाल कम्युनिष्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर राजनैतिक एवम सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बढ्दो महंगी, भ्रष्टाचार, राष्ट्रघाती र लागु औषध दुर्व्यसनी विरुद्ध सङ्घर्ष गर्ने समेत निर्णय भएको संगठनका केन्द्रीय सदस्य पुष्प भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।