८ जेष्ठ २०८१, मंगलवार

४ कम्युनिष्ट पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा 

राष्ट्रिय स्वाधीनता र जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन अपिल

0
१० श्रावण, काठमाडौंः
          राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको विषयमा नेपालका चार क्रान्तिकारी कम्युनिष्ट पार्टीले संयुक्त सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । 
नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले मंगलबार प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्दै संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 
           घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेका छन् ।
            कार्यक्रममा संयुक्त विज्ञप्ती वाचन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अब नेपालमा भएका विदेश हस्तक्षेप र सत्तामा रहेका सत्ताधारीहरूको आत्मसमर्पणले नेपाली जनताको स्वाधिनता र सार्वभौमसकता संकटमा परेकोले सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एक हुनुपर्ने धारणा राख्नुभयो । साथै अघिल्ला समयमा सहकार्य गर्दै आएको मोहन वैध्यको नेतृत्वमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) पछि हटेकोमा चिन्ता व्यक्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले सरकारसँग नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरि ३ बुँदे सहमति गरेको १८ महिना पुग्दा पनि कार्यन्वयनको “क” सम्म नगरेर उल्टै षड्यन्त्र गर्न थालेको धारणा राख्नुभयो । साथै पार्टीका जेलबन्दी नेता तथा कार्यकर्ता रिहाई नगरेकोमा आक्रोश व्यक्त गर्दै सरकार सहमतिप्रति गम्भीर नभए पार्टी चरणबद्ध सङ्घर्षमा जाने चेतावनी दिनु भयो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतीले नेपालका क्रान्तिकारी पार्टीका नेतृत्वहरू विषय र आवश्यकता भन्दा पनि व्यक्तिगत महत्वाकाँक्षी भएका कारण धेरै राजनैतिक पसलहरू खुलेका कारण पनि आन्दोलन पछि परेको धारणा राख्नुभयो । साथै कम्युनिष्टहरू राष्ट्रिय स्वाधिनताका लागि मात्र जस्तो देखिएकोले अब जनताको जनजीविकासँग जोडिएर उपभोग्य महङ्गीका बारेमा पनि मुद्दा उठाउन जरूरी भएको औँल्याउनुभयो ।  
          पत्रकार सम्मेलनमा नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्मजित बुढाथोकी “सुशील” ले कार्यक्रम सञ्चालन गर्दै नेपालमा भएका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरूको पार्टी एकता गरेरै राष्ट्रिय सङ्कटको समाधानको लागि एक भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 
उक्त पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तिमा  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ को हस्ताक्षर रहेको छ । 
 
संंयुक्त विज्ञप्तिको पूरा पाठ –
           नेपालका ४ कान्तिकारी कम्युनिष्ट पार्टीको ०७९ श्रावण ८ गते बसेको संयुक्त बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका लागि यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) देश यतिबेला राष्ट्रिय स्वाधीनता, राजनैतिक, आर्थिक, जनजीविका र साम्राज्य सुरक्षालगायतका समस्याहरुको चरमोत्कर्षतिर छ । २१ औं शताब्दीको बहुध्रुवीय विश्वको विशेषताले १९९० को दशकपाछि अमेरिकी साम्राज्यवादले कायम गरेको विश्व प्रभुत्व कमजोर पार्दै गएको छ । गुम्दै आएको वर्चस्वलाई पुन: स्थापित गर्न अमेरिकी साम्राज्यवाद नयाँ विश्व रणनीतिको विकास र प्रयोगमा तिव्रताका साथ पहल गरिरहेको छ । हिन्द प्रशान्त रणनीति (IPS) यसको मुख्य अंग हो । IPS को सैन्य अर्थ राजनीतिक कार्यक्रम र परियोजनाको रुपमा MCC अगाडि बढाइरहेको छ ।
नेपालमा MCC लागु गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले संसदबाट पारित गराउने दृष्टता गर्दा राष्ट्रिय रुपमा नेपाली जनताको कडा बहस, विवाद, विरोध र प्रतिरोधको सामना गर्नु पर्यो । यसको बिचबाट MCC विशुद्ध आर्थिक एव विकास परियोजना हो भन्ने धुर्त र नितान्त झुट कुतर्कंको साहारा लिएर दलालहरुले सदनबाट धाधलीपूर्ण तरिकाले पारित गराए । त्यसको केहि समय बित्न नपाउदै संयुक्त राज्य अमेरिकासँग राज्य साझेदारी कार्यकम SPP को मुद्धा मुख्य बन्न पुगेको छ । नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार SPP लागु नगर्ने र सो अनुसार अमेरिकी सरकारलाई पत्राचार गर्ने निर्णय गर्ने बाध्य भयो । तर थप अध्ययन र परामर्शको नाममा सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन । यस कार्यले देउवा सरकारको नियत उदाङ्गिएको छ । घटनाक्रम र तत्थ्यहरुले यो प्रमाणित गर्दछन् कि IPS, MCC र SPP अमेरिकी साम्राज्यवादको हाम्रो राष्ट्रियतामाथिको शृखलाबद्ध हस्तक्षेप हो भने देउवा नेतृत्वको गठवन्धन सरकारको राष्ट्रघात एवम् आत्मसमर्पण हो । यसले इतिहासका विदेशी हस्तक्षेप र राष्ट्रघातलाई माथ गरेको छ। यसका विरुद्ध निमर्म संघर्ष गर्नुको विकल्प नेपाली जनताका सामु रहेको छैन ।
२) देशको विद्यमान राज्य व्यवस्था र अर्थ व्यवस्था असफल साबित हुँदै गएको छ । खाद्य वस्तुलगायतका दैनिक उपभोग्य वस्तुमा भएको बेलगाम चर्को मुल्य वाले जनतामा आतकं सृजना गरेको छ । महङ्गीका कारण नेपाली जनताको जीवन जीउन सक्ने अवस्था छैन । यस विषयमा सरकारको संवेदनशिलता र जवाफदेहिता न्युनतम पनि छैन ।
३) केपी ओली सरकार र नेपाल कम्युनिस्ट पार्टीको बिच वार्ता भई ३ बुंदे सहमति भएको आज १८ महिना भयो । देउवा सरकार गठन भएको तेश्रो दिनमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच वार्ता भएको थियो । ३ बुँदे सहमति लागु गर्ने सन्दर्भमा सरकारसँग पटक पटक वार्ता र सहमति भएपनि हालसम्म राजबन्दी रिहा गरिएका छैनन् । पछिल्लो दिनमा त सरकार षड्यन्त्रमा लागेको आभास हुन थालेको छ । यसले ३ बुँदे सहर्मात भंग हुँदैछ भन्ने संकेत गर्दैछ ।
४) देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको संकट, नेपाली जनताको विकराल जनजीविका र ३ बुँदे सहमतिविरुद्धको षडयन्त्रलाई एकै ठाँउमा राखेर हेर्दा जनसंघर्षको बल बाहेक अन्य तरिकाले देश र नेपाली जनतालाई संरक्षण गर्न सक्ने अवस्था देखिदैन । स्थिति र विषयको यस गम्भिर्यतालाई दृष्टिगत गरी विगतदेखि कार्यगत एकताको माध्यमबाट जनसंघर्षको नेतृत्व गरिरहेका हामी ४ कम्युनिस्ट पार्टीहरु कार्यगत एकतालाई रणनीतिक संयुक्त मोर्चाको स्तरमा विकास गर्न प्रतिबद्ध भएको छौँ । साथै विगतमा कार्यगत एकता र संयुक्त मोर्चाको अभ्यासमा देखापरेको भडुवा चिन्तन र षड्यन्त्रमारी शैलीविरुद्ध संयुक्त संघर्ष गर्दै कान्तिकारी कम्युनिस्ट, वामपथी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति र समुहलाई राष्ट्रिय स्वाधीनता र जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन अपिल गर्दछौँ ।
 
संयुक्त संघर्षका कार्यक्रम :
१) साउन १० गते संयुक्त पत्रकार सम्मेलन
२) साउन १३ गते देशव्यापी कोणसभा
३) साउन १५ गते देशव्यापी मशाल जुलुस
४) साउन १८ गते काठमाडौँमा अन्तरक्रिया
५) साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौँमा विरोध प्रदर्शन ।
 
यसपछि उच्च स्तरको दोश्रो चरणको जनसघर्षका कार्यक्रमहरु घोषणा गरिने छ ।
 
 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।