६ जेष्ठ २०८१, आईतवार

चितवनमा सी ट्रेड मार्कद्धारा मह उत्पादन सुरु

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन विभाग अन्तरगत चितवनको माडीमा रहेको उत्पादन शाखाले धमाधम मह उत्पादन शुरु गरेको जानकारी नेकपाका राजनीतिक ब्युरो सदस्य तथा चितवन शाखाका इन्चार्ज सन्देश सीले दिएका छन ।

यसअघि तोरीको फुलबाट मह उत्पादन भएकोमा अब तोरी फुल्ने मौसम सकिएका कारण अब चिउरीको फुलबाट मह उत्पादन भइरहेको छ । चिउरीबाट मह उत्पादन गर्न मौरीको घारलाई चुरे पहाडमा चराउन लग्नुपर्छ ।

सो मौरीका घार अहिले चुरे पहाडको फेदीमा पर्ने शक्तिखोर वरपर लगिएको छ । यो चिउरी फूल्ने मौसम हो । चेपाङ समुदायको मुख्य सम्पत्ति मानिने चिउरीको फल खाईन्छ र बियाँबाट तेल निस्कन्छ ।

चिउरीको तेल हाडजोर्नी दुखेको विरामीको अचूक औषधी मानिन्छ । चेपाङ वा प्रजा समुदायका छोराहरु छुट्टिदा चिउरीको बोट अंशको रुपमा पाउँछन ।

चितवन उत्पादन केन्द्रले हाल प्रशोधन नगरी मह बेच्ने गरेकोले स्वास्थ्यकर मानिएको छ । चितवन वरपरको लागि ग्राहकले ९८४२९६८०३७, ९८४०५२८९९४ र काठमाडौंको लागि ९८४९८९६१४८ मा सम्पर्क गर्न सकिने उत्पादन विभागले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।