६ आश्विन २०८१, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र माओवादी केन्द्रका महासचिव गुरुङ बिच भेटवार्ता

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (माओवादी केन्द)्रका महासचिव देवप्रसाद गुरुङ बिच भेटवार्ता भएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्ड र माओवादी केन्द्रका महासचिव गुरुङ बिच आज विहान काठमाडौंमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक अवस्थाकाबारे दुबै नेताहरु बिच गम्भीरतापूर्वक छलफल भएको छ ।

भेटवार्तामा नेकपासंग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि आवश्यक गृहकार्य गरेर सरकारलाई छिट्टै सुझाव दिने सहमति पनि भएको छ । नेकपा र ओली सरकार बिच ०७७ साल फागुन २१ गते तीन बुँदे सहमति भएको थियो ।

तीन बुँदे सहमतिमा नेकपाले आफ्ना राजनीतिक गतिविधि शान्तिपूर्वक संचालन गर्ने र सरकारले नेकपाका नेता कार्यकर्तामाथि लगायतका झुट्टा मुद्धा फिर्ता लिने,बन्दीहरु रिहाई गर्ने सहमति भएको थियो ।

नेकपाले सहमति अनुसार आफूले काम गरिरहेको भएपनि सरकारको तर्फबाट सहमति अनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाउदै आएको छ ।

सहमति गरेको करिब ३ बर्ष पुग्न लाग्न पनि सरकारले सहमति कार्यान्वयन गरेको छैन । सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई गर्दा साम्राज्यवादी तथा प्रतिगामीहरुको षड्यन्त्रमा अदालतको माध्यमबाट सहमति विरुद्ध नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गरिएको छ ।

यस्तो संवेदनशील अवस्थामा साम्राज्यवादी तथा प्रतिगामीहरुको षड्यन्त्र विरुद्ध दुबै पार्टी सशक्त रुपमा लाग्ने सहमति भएको छ ।
माओवादी केन्द्रका महासचिव गुरुङ साम्राज्यवादी परियोजना एमसीसी आफ्नै पार्टीले संसदबाट पारित गर्ने सहमति गर्दा पनि त्यस विरुद्ध फरकमत राख्दै विरोध गर्ने नेता हुन ।

उनले एमसीसी नेपालका लागि राष्ट्रघाती भएको भन्दै लागु गर्न दिन नहुने बताउदै आएका छन । नेकपाले भने सुरु देखि नै एमसीसीका विरुद्ध कडा आन्दोलन गर्दै आएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले एमसीसी लगायतका राष्ट्रघाती कदम विरुद्ध दुवै पार्टीले एकाकार भएर जानुपर्ने सुझाव राखेका छन ।
नेपालको पछिल्लो राजनीतिक संकटको अग्रगामी निकास समाजवादी मोर्चा मार्फत नेपाली विशेषताको समाजवाद भएको ठहर गर्दै दलाल संसदीय व्यवस्था र साम्राज्यवादी षड्यन्त्र विरुद्ध वृहत कम्युनिष्ट एकता आवश्यक भएको दुबै नेताले साझा निश्कर्ष निकालेका छन ।

यसअघि यसैसाता नेकपाका प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द)्रका अध्यक्ष प्रचण्डसंग पनि भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।