२७ बैशाख २०८१, बिहीबार

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, तीन बुँदे सहमति कार्यन्वयनलाई पूर्णता दिने सहमति

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदललाई दिएको जिम्मेवारी र हालसम्म भएका कार्य प्रगतिको बारेमा गम्भीर छलफल हुनुका साथै छिट्टै तीन बुँदे सहमति कार्यन्वयन गर्ने सहमति भएको बताइएको छ।
उक्त भेटवार्तामा गत पुष १३ गते, शुक्रबार तीन बुँदे सहमति कार्यन्वयन गर्न गठित कार्यदलको संरचनालाई थप बिकसित गरि सरकारको तर्फबाट नेकपा (माओवादी) केन्द्रका महासचिव देव गुरुङले कार्यदलको नेतृत्व गर्ने सहमति भएको बताइएको छ।
प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच भएको उक्त भेटवार्तामा तीन बुँदे सहमति पूर्ण कार्यन्वयन गर्न छिटो भन्दा छिटो कार्यदलले कार्य सम्पादन गरि प्रतिबेदन तथा आफ्नो अबधारणा सरकार समक्ष पेश गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

यसअघि , पुस २८ गते, शनिबार नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी)  केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा देशको राजनीतिक अवस्था र त्यसको निकासको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा देशमा देखिएको खराब अवस्थालाई राम्रो अवस्थामा बदल्न सरकार र दुवै पार्टीले गम्भीर ढंगले सोच्नु पर्ने बिषयमा छलफल भएको थियो ।
यसैगरी भेटवार्तामा राष्ट्र र जनताका पक्षमा दुवै पार्टी र सरकारले पहलकदमी लिने र तारतम्य मिलाएर अघि बढ्नु पर्ने बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी उक्त भेटवार्तामा राज्यले देश र जनाताको हितका निम्ति तमाम जालझेल र षड्यन्त्र चिर्दै दृढतापुर्वक प्रभावकारी ढंगले कार्य अगाडि बढाउनु पर्ने र यसका निम्ति सरकार र दुवै पार्टी मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।