१५ बैशाख २०८१, शनिबार

अखिल (क्रान्तिकारी) मध्यपश्चिम कमाण्ड विद्यार्थी साधारण शाखाको प्रथम विस्तारित बैठक सम्पन्न 

0

अखिल (क्रान्तिकारी) मध्यपश्चिम कमाण्ड विद्यार्थी साधारण शाखाको प्रथम विस्तारित बैठक आज पोखरामा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन यहि फागुनको ६, ७ र ८ गते काठमाडौंमा हुन गइरहेको सन्दर्भमा कमाण्ड अन्तर्गतका व्युरो र जिल्लाहरुले खेल्नुपर्ने भूमिका र तयारीका सन्दर्भमा बैठक केन्द्रित भएको जनाइएको छ ।
केन्द्रीय कार्यलय सदस्य तथा कमान्ड इन्चार्ज प्रकाशको अध्यक्षतामा बसेको बैठकले कमान्ड अन्तर्गतका जिल्लाहरुको सम्मेलन र भेलाको मिति ठोस गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि तथा जवस फ्याक्सन इन्चार्ज तथा पार्टी स्थायी समिति सदस्य शिलुले अबको पुस्ताको नेतृत्वको लागि युवा विद्यार्थीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र देशको अग्रगामी निकासका लागि नेपाली विशेषताको समाजवादमा देशलाई लैजान पनि विद्यार्थीहरुको सक्रिय र सचेत पहलकदमी हुनुपर्ने बताए । बैठकलाई प्रशिक्षित गर्दै नेतृ शिलुले अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन शैक्षिक बहस र जुझारु संगठन निर्माण केन्द्रित हुनुपर्ने भन्दै कमान्ड, ब्युरो र जिल्लाहरुलाई सम्मेलन तयारीमा कुनै केही  कसर बाँकी नराखी लाग्न निर्देशन दिए ।

बैठकमा पार्टीका ब्यूरो इन्चार्जहरु आदर्श, राजन, अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेन्द्र, पार्टी जिल्ला इन्चार्ज काजीले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए भने  संगठनका ब्युरो इन्चार्ज, जिल्ला अध्यक्षहरु, ब्युरो सदस्यहरु, आमन्त्रित सदस्यहरुले आ-आफ्नो कर्यक्षेत्रको रिपोर्ट राखेका थिए । बैठकले सङ्गठन, संघर्ष, आर्थिक र  उत्पादनलगाएतका विषयहरुमा महत्त्वपूर्ण निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।