५ जेष्ठ २०८१, शनिबार

अखिल (समाजवादी) कास्कीले शनिबारको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै नियन्त्रणमा लियो

0

पाेखरा: अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीको अखिल (समाजवादी) कास्कीले शनिबारको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै सरकारी गाडी नियन्त्रणमा लियो ।

अखिल (समाजवादी) का केन्द्रीय सचिव प्रकाश सीको नेतृत्वको टोलिले कास्कीमा शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ लगाएतको जनप्रतिनिधिहरु चढेको सवारी साधनलाई पोखराको हेम्जामा नियन्त्रणमा लिएर छाडेको छ ।
B AA 0592 नम्बरको सरकारी प्लेट नम्बर भएको स्कारपियो धम्पुसबाट घुमेर हेम्जातिर आउदै गरेको जानकारी स्थानीय बासिन्दाले गरेपछि आफुहरुले गाडी नियन्त्रणमा लिएको सङ्गठनका केन्द्रीय सदस्य पुरन सीले बताए । केही समय गाडी नियन्त्रणमा लिएर स्थानीयहरुकै रोहबरमा अबको दिनमा बिना पास सार्वजनिक विदाको दिनमा गाडी नचलाउने सहमतिपछि गाडी छाडिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।