७ जेष्ठ २०८१, सोमबार

नेकपा मधेस प्रदेशको बैठक सम्पन्न, सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय

0

संवाददाता, काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको मधेस प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ । गत वैशाख २० र २१ गते सर्लाहीको लालबन्दीमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा भएको बैठकले जनयुद्धकालिन देखि एकीकृत क्रान्ति र मधेस आन्दोलनका सहिदहरुका स्मृति दिवस मनाउनेदेखि एकीकृत क्रान्तिका महान सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको हो । साथै बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेको हो ।
मधेसमा समस्या समाधानका लागि भन्दै मिटरब्याजी पिडित र लघुवित्त पिडितहरुसँग आर्थिक सहयोग नलिने समेत निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले बताए । मधेसले पार्टी गतिविधि र जनताका गुनासो सुन्ने हटलाईन नम्बर समेत सार्वजनिक गरेको छ ।
नेकपा प्रदेश संरचनामा गएपछि ७ वटै प्रदेशका बैठक र नयाँ संरचनाहरु बनिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।