२ कार्तिक २०८१, शुक्रबार

जाति जनजातिमाथिको शोषण र उत्पीडनको कारण पुँजीवाद : शिलु सी 

लमजुङको प्रथम जिल्ला बैठक सम्पन्न 

0

 

 
पोखरा: जाति जनजातिमाथिको शोषण, उत्पीडन र विभेदको मुख्य कारण पूजीँवाद रहेको नेकपाका स्थायी समिति सदस्य एव गण्डकी इन्चार्ज शिलु सीले बताएकी छन् । 

 गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाको प्रथम बैठकलाई सम्बोधन गर्दै नेकपाका नेता शिलुले जातीय विभेद र उत्पीडनबाट मुक्ति हुनको लागी संघिय समाजवादी व्यवस्था ल्याउनुपर्ने बताएकी हुन् । ७० प्रतिशतभन्दा धेरै तमूहरुको बसोबास रहेको लमजुङ जातीय विभेद र शोषणबाट मुक्त समाजवादको नमुना बन्न सक्ने भन्दै नेता शिलुले नेपाली विशेषताको समाजवादले वर्गीय र जातीय विभेदबाट मुक्ति दिनेसमेत बताएकी हुन् ।  विगतका विभिन्न मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको लमजुङ्ले एकिकृत जनक्रान्तिको प्रयोगमा जस्तै नेपाली विशेषताको समाजवादको लागि पनि उत्तिकै महत्वपूर्ण भूमिकाको अपेक्षा गरिएको बताइन् । 

यस्तै जिल्ला बैठकमा मनाङ जिल्ला सेक्रेटरी विजय सीले अतिथिको रुपमा सम्बोधन गर्दै समाजवादको निम्ति अबको सङ्घर्ष केन्द्रीत रहने बताए । सबैले अन्तिम अठोट गरेर समाजवाद स्थापनाको लागि जुट्नुपर्ने उनको भनाई थियो । 

जिल्ला सेक्रेटरी रविन्द्र सीको अध्यक्षतामा बसेको बैठकले लमजुङको विभिन्न स्थानीय तहहरुको जिम्मेवारीहरु समेत तोकेको छ ।  लमजुङले MCC विरुद्ध सङ्घर्ष गर्ने,  भ्रष्टाचारी, मिटरब्याजी दलाल,  कमिशनखोरहरुलाई कारबाही गर्ने,  स्थानीय र प्रदेश सरकारले गरिरहेका बजेट दुरुपयोग,  अनियमितता,  दुरुपयोग लगायतका जनविरोधी हर्कतविरुद्ध सङ्घर्ष गर्ने,  पार्टीले उत्पादन अगाडि बढाउने लगायतका निर्णय समेत गरेको सेक्रेटरी रविन्द्र सीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।