२२ भाद्र २०८१, शनिबार

अमेरिकी हस्तक्षेप सबै पार्टीमा प्रवेश गरेको छ : अनिल सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, जनप्रचार तथा प्रकाशन विभागका इन्चार्ज अनिल सीले अमेरिकी हस्तक्षेप सबै पार्टीभित्र प्रवेश गरेको बताएका छन् । बुधबार विभाग अन्तरगतको साधारण शाखाको साँतौ बैठकलाई सम्बोधन गर्दै उनले अमेरिकी हस्तक्षेप नेपालका सबै पार्टीभित्र प्रवेश गरेको बताएका हुन् ।

नेपालमा अमेरिका विभिन्न पार्टीभित्र छिरेर आफ्नो योजना कार्यान्वयन गर्नका लागि दवाव दिइरहेको बताउँदै उनले उपेन्द्र यादवको पार्टी फुट यसको प्रमाण भएको बताए । ‘अमेरिका माओवादी केन्द्रमा प्रवेश गरेर अन्तरविरोधमा खेलिरहेको छ, एमालेमा पनि प्रवेश गरेर खेलिरहेको छ ।’, उनले भने, ‘उपेन्द्रको पार्टी फुट्नुमा अमेरिकाको पूर्ण हात छ । अमेरिका पार्टीभित्रको अन्तरविरोधमा खेलेर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेको छ ।’

नेकपा मद्येस प्रदेश इन्चार्जसमेत रहेका उनले मद्येसमा सिके राउतको पार्टीलाई स्थापित गर्नका लागि उपेन्द्रको जसपा नेपाल फुटाएको आरोप लगाए । ‘नेपालमा धेरै जनसंख्या भएका दुईटा प्रदेश छन्, बागमती र मद्येस । यहाँको मत सुरक्षित गर्न सके केन्द्रमा राम्रो सिट ल्याउन सकिन्छ भन्नेमा अमेरिका विश्वस्त छ । त्यही भएर उपेन्द्रका पार्टी फुटाएर सिके राउतको पार्टीलाई स्थापित गर्न खोजिरहेको छ । मद्येसमा उपेन्द्र कमजोर हुँदा सिके बलियो हुने निश्चित छ ।’

उनले अमेरिकाको चलखेलले नेपालका कम्युनिस्टहरुबीचको एकतामा पनि अबरोध श्रृजना भएको बताए । शाखाका सचिव शोभराज सीको अध्यक्षतामा बसेको बैठकले चितवनमा दुई विघा जमिन बन्दकी लिएर उत्पादनको काम गर्ने निर्णय गरेको छ । साथै जनश्रम सहकारीमा खाता खोल्ने र सहकारीको १ हजार कित्ता सेयर पनि लिने निर्णय गरेको छ । बैठकमा फ्याक्सन इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपा केन्द्रीय सदस्य तथा शाखाका इन्चार्ज सन्जीव सीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।