१२ बैशाख २०८१, बुधबार

पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु

0

अछाम:           अछाम जिल्ला तुर्मखाँद गाउँपालिका वडा नं २ मा गएराति आएको अविरल बर्षाको कारण पहिरोमा परि भुलु निवासी नयन बिष्टका एकै परिवारका ३ जनाको ज्यान गएको छ । ४५ बर्षका हरिकला बिष्ट, २५ बर्षका बिरेन्द्र बिष्ट र १५ बर्षका संविधान बिष्टको असामायिक निधन भएको छ । ५५ वर्षिया नैना विष्ट घाइते भएका छन् यस दुःखदाय घटनाका कारण पर्न गएको समस्याको उचित क्षतिपूर्ति गर्नको लागी र घाइतेको सम्पूर्ण औषधी उपचारको व्यवस्था गर्न सघं, प्रदेश र स्थानीय निकायमा जोडदार माग गर्दै दुःखद निधनप्रति नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्लाले शोक वक्तव्य तथा श्रद्धाञ्जली अर्पण गरेको छ । घाइतेको सिघ्रस्वास्थ्यलामको कामना गर्दै प्राकृतिक जोखिमबाट बच्न आम नागरिकलाई सचेत रहन आग्रहसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।