३ जेष्ठ २०८१, बिहीबार

क्रान्ति सम्पन्न गर्न पहिला दिमागलाई सशस्त्र बनाउनुपर्छ : भेषराज सी

0

नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य भेषराज सीले क्रान्ति सम्पन्न गर्नका लागि पहिला दिमागलाई सशस्त्र बनाउनु पर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युराेमा भएकाे पाँच दिने कम्युनिस्ट स्कुलिङ समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
माघ १२ गतेदेखि संचालन भएको पाँच दिने कम्युनिस्ट स्कुलिङ समापन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केन्द्रीय स्कुल विभागका प्रमुख भेषराज सीले हरेक सिद्धान्तलाई कम्युनिस्ट व्यवहारमा परिक्षण गरेर मात्र प्रमाणित हुने बताए । दिमागलाई सशस्त्र नबाएसम्म क्रान्ति सम्पन्न हुन नक्ने समेत ठाेकुवा गरे । निरन्तरत क्रान्तिकारी बन्ने भने कुरा विचार विना सम्भव नहुने र क्रान्तिकारी व्यवहारकाे निम्ति क्रान्तिकारी विचार अनिवार्य बाेक्नु पर्ने बताए । विचारमा परिपक्व भएपछि मात्रै परिपक्व नेता बन्न सक्ने अन्यथा लक्ष्य नभेटिने भन्दै यस मामिलामा गम्भीर बन्न स्कुलमा सहभागी सबैलाई निर्देशन गरे ।


कार्यक्रममा अतिथिहरु केन्द्रीय स्कुलिङ विभाग सदस्यहरु पार्टीका पाेलिट ब्युराे सदस्य असल सी, पार्टी केन्द्रीय सदस्य प्रयास सी, पार्टी केन्द्रीय सदस्य तिर्थ सी, केन्द्रीय सल्लाहकार समिति सदस्य यादव सी, केन्द्रीय सदस्य तथा दाेलखा जिल्ला इन्चार्ज अर्जुन सी, शिखर थिए ।


साे कार्यक्रमकाे अध्यक्षता पार्टी केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज विकल्प सीले गरेका थिए । समापन कार्यक्रममा ब्युराे इन्चार्ज विकल्प सीले प्रशिक्षकहरुलाई फुलमाला र धन्यवादपत्र सम्मानसहित बिदाई गरेका थिए । कार्यक्रमकाे संचालन पार्टी केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।