२५ बैशाख २०८१, मंगलवार

नेकपा कालिकोटद्धारा बालपालीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पश्चिम कालिकोटले सहिद स्मृति गाउँपालिका १ कोटवाडा चौथीकोट निवासी ६४ बर्षिय बालपाली विकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाका कालिकोट जिल्ला इन्चार्ज बलवान सी र पश्चिम कालिकोट जिल्ला सेक्रेटरी शाहसी सीले बुधवार एक शोक वक्तव्य जारी गरी बालपाली विकको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

नेकपाले जनयुद्धका महान सहिद करनाको भाउजु तथा मन बहादुर वि.क को श्रीमती र अशोकको आमा नेपाल कम्युनिष्ट पार्टीको पार्टी सदस्य बालपालीको मिति २०८० साल माघ १५ गते राती १ः३० बजे ६४ वर्षको उमेरमा हृदयघातका कारण दुखद निधन भएको उल्लेख गरेको छ ।

नेकपाले आमाको दुखत निधनप्रति पाटी निकै स्तव्ध भएको जनाएको छ । नेकपाले बालपालीको निधनले शोकाकुल घरपरिवार, आफन्तजन र सबैमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोहोस भन्दै गहिरो समवेदना व्यक्त गरेको छ ।

देश र जनताको मुक्तिको निम्ति एकीकृत जनक्रान्ति र महान जनयुद्धमा आमाले पुर्याएको अतुलनिय योगदानको स्मरण गदै नेकपाले उच्च सम्मान प्रकट गरेको छ ।

शोक वक्तव्यको पूर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।